Local Sandesh आइतबार, कार्तिक २३ २०८३
  • ट्रेण्डिङ :

माई नगरपालिकामा लोदिया खोला पुल निर्माण मुसेटारबासीमा खुशियाली 

माई नगरपालिकामा लोदिया खोला पुल निर्माण मुसेटारबासीमा खुशियाली 

  • सन्देश सम्वाददाता
  • मंगलबार, मंसिर १९ २०८०


माई नगरपालिकामा लोदिया खोला पुल निर्माण मुसेटारबासीमा खुशियाली 
दानाबारी । दक्षिणि इलामको माई नगरपालिकामा २ स्थित दानाबारी गुनगुने सडकमा पर्ने लोदिया खोलामा पुल निर्माणले स्थानीय खुशि भएका छन् । पुल नहुँदा वर्षातका बेला दैनिक उपभोग्य सामग्री हिउँदमै जोहो गर्ने स्थानीयबासीको दुःखका दिन यसै वर्ष अन्त्य हुनेभएपछि स्थानीय खुशि भएका छन् ।
माई नगरपालिका ३ मुसेटारका तेजबहादूर घिमिरेले आगामि वर्षातमा लोदिया खोलाको भेलमा डुब्नु पर्दैन । घिमिरेले बालअवस्थादेखि अहिलेसम्म घरबाट नजिकैको शुक्रबारे बजार जान वर्षातमा लोदिया खोलाको भेलमा सर्घष गर्नुपथ्र्यो । तर अहिले खोलामा पुल निर्माण अन्तिम चरणमा पुगेपछि तेजबहादूरको मुहारमा खुशियाली छाएको छ ।
हिउँदमा सुनसान हुने शुखानी राजदूवाली सोयाक जोड्ने सडकमा पर्ने लोदिया खोला एक तमासले बग्छ । हिउँदका ६ महिना यायायातका साधन खोलाबाटै गुडाएपनि वर्षातमा लोदिया खोला पारिका बस्ति समुद्रका टापु झै    थिए ।
खोलामा पुल नहुँदा वर्षातमा माई नगरपालिका वडा नम्बर ३, ९ र इलाम नगरपालिका ११ का बासिन्दाको झापा यात्रा कष्टकर हुन्थ्यो । तीन वडाका बासिन्दाले वर्षौदेखि लोदिया खोलामा पुल निर्माणको माग गर्दै आएपनि चालु आर्थिक वर्षमा निर्माण सकिनेछ ।
सडक डिभिजन इलामले खोलामा पुल बनाउन ठेक्का संझौता २०७८ मा भएको थियो । दानाबारी गुनगुने जितपूर मंगलबारे सडकमा पर्ने लोदिया खोलाको पुल २०८० असारसम्ममा सम्पन्न गर्ने संझौता भएको थियो । पुल निर्माणको काम २०८१ असार मसान्तसम्म सम्पन्न गर्न म्याद थपिएको छ ।
सरकारबाट पुल बनाउने जिम्मा के एम जयबिष्णु स्मार्ट जेभिले ८ करोड १५ लाख ६६ हजारमा ठेक्का पाएको थियो । पुल नहुँदा वर्षातमा बिरामी अस्पतालसम्म पु¥याउन नपाउँदाको पिडा स्थानीयबासीले अब भुल्नेछन् । पुल निर्माणले दुःखका दिन स्थानीयको अन्त्य हुनेछ । पुल नहुँदा वर्षातका बेला आवश्यक पर्ने सामग्री हिउँदमै जोहो गर्ने स्थानीयबासीले अब हिउँद वर्षातनै  बजार आवतजावत गर्न सक्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार