Local Sandesh आइतबार, कार्तिक २३ २०८३
  • ट्रेण्डिङ :

भोजपूरे व्यापारीहरु इलामका गाउँ गाउँमा पुगेर व्यापार गर्दै

भोजपूरे व्यापारीहरु इलामका गाउँ गाउँमा पुगेर व्यापार गर्दै

  • लिला बहादुर लिम्बु
  • शनिबार, मंसिर १६ २०८०


भोजपूरे व्यापारीहरु इलामका गाउँ गाउँमा पुगेर व्यापार गर्दै

फाकफोकथु । भोजपुर अरूण गाउँ पालिका साविक सानोदुम्बा, पिउले गाउँका अधिकांस स्थानीयहरूले बर्ष भरी लगाएको अन्नबाली घरमा भित्र्याइसकेपछि फुर्सदको समयमा व्यपारमा निस्कन्छन् । घरका युवा, घरमुलीहरू अन्य जिल्ला इलाम पाँचथर ताप्लेजुङ्गका गाउँहरूमा भाडाकुडाहरू बेच्न जाने गरेको भोजपुर अरूण गाउँ पालिकाका साविक पिउंलेका स्थानीय टंक बिष्टले बताए ।
अन्नबाली मंसिर महिनाको पहिलो हप्तासम्ममा घर भित्र्याइसकेपछि मंसिर, पौष, माघ, फागुन चैत्र महिनासम्म भाडाकुडा ब्यापार गर्न अन्य जिल्लाहरुमा जाने गरेको र धरान,दमकबाट समान खरिद गरेर भाडांबर्तन ढाकारमै बोकेर गाउँ गाउँमा पुग्ने गरको छन् । भाँडाहरू बेच्ने तथा उधारो दिने साथै सट्टापट्टा गर्ने अनि पछि चैत्र महिनाको पहिलो हप्तासम्ममा लगानी गरेको उठाईसकेपछि घर फर्कने गरेको भाडा ब्यापारि सान्ति श्रेष्ठले बताए ।
भोजपुर अरूण गाउँ पालिकाका अधिकांस स्थानीयहरू आफ्नो पुर्खौली पेशा भाडांकुडा ब्यापार ब्यबसायलाई निरन्तरता दिन ढाकारमा भाडाकुडा बोकेर गाउँ घरमा डुलाउने अनि बेच्ने गरिएको हो । अहिलेका युवापुस्ताहरूले पुर्खौलीलाई पेशालाई छोडेर बिदेश पलायन हुने गरेको साथै पुर्खौली पेशा अंगाल्न युवाहरू उत्साहित नदेखिएको र त्यसप्रति चिन्ता रहेको स्थानीय ब्यापारी टंक बिष्टले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार