इलाम । खोल्साको सुनको उपमा पाएको अलैँचीको नेपालमा टिस्युकल्चर प्रविधिबाट बिरुवा उत्पादन शुरु भएको छ । अलैँचीका बगानमा पलाएका नयाँ बिरुवा फोरेर र बिऊबाट बिरुवा उत्पादन गर्दै आएको अलैँची विकास केन्द्रले टिस्युकल्चर प्रविधिबाट बिरुवा उत्पादन थालेको हो ।
खोल्साको सुन उपमा पाएको नगदेवाली अलैँचीको नेपालमा टिस्युकल्चर प्रविधिबाट बिरुवा उत्पादन भएको छ । अलैँचीका बगानमा पलाएका नयाँ बिरुवा फोरेर र बिऊबाट बिरुवा उत्पादन गर्दै आएको अलैँची विकास केन्द्रले टिस्युकल्चर प्रविधिबाट बिरुवा उत्पादन गरेको हो ।
नेपालमा अनुसन्धान केन्द्रमा मात्रै टिस्युकल्चर प्रविधि अपनाइएपनि पछिल्लो पटक सरकारी बालि केन्द्रमा प्रयोग हुन थालेको छ । बालिको मुल बोटको गुण भएको बिरुवा उत्पादन गर्ने टिस्युकल्चर प्रविधिबाट अलैची विकास केन्द्रमा दोस्रो नर्सरी पनि सफल भएको हो ।
चार वर्ष अघि तन्तु प्रजनन् प्रयोगशालाको भवन निर्माण गरि प्रविधि खरिदबाट ३ वर्षबाट अलैँचीका बिरुवा उत्पादन थालिएको थियो ।
अलैँचीको निरोगी बोटको छनौट गरि त्यसको अंगको झिकेर प्रयोगशालामा प्रविधिको प्रयोग गरि बिरुवा उत्पादन गर्ने प्रविधि नै टिस्युकल्चर प्रविधि हो । अलैँचीको उत्पादन, प्रशोधन र बजारीकरणको काम गर्दै आएको इलामको सूर्योदय ९ मा रहेको अलैँची विकास केन्द्रले तन्तु प्रविधिबाट अहिलेसम्म १ हजार बढी बिरुवा खुल्ला नर्सरीमा सारिएको छ । नयाँ प्रविधि भएपछि छोटो र स्वस्थ्यकर विरुवा उमार्ने भएकाले सस्तो मूल्यमा किसानलाई बिरुवा बितरण गर्ने लक्ष्य अलैची विकास केन्द्रको छ ।
माउ बोटबाट अंग झिकेर टिस्युकल्चर प्रविधिबाट उत्पादन भएको बिरुवा उत्पादन गर्न समयका हिसाबले कम खर्चिलो हुन्छ । तन्तु प्रविधिबाट बिरुवा उत्पादनको काम सफल भएपछि किसानलाई आगामि आर्थिक वर्षबाट वितरण गर्ने योजना केन्द्रको छ ।
अलैचीको बिऊ बाट बिरुवा उत्पादन गर्दा ३६ महिना लाग्ने भएपनि तन्तु प्रविधिबाट १८ महिनामा रोपणका लागि योग्य हुनेछ । जसले गर्दा बिरुवा उत्पादन खर्च समेत कम आउनुका साथै प्र्रविधिको उच्चतम प्रयोग गरि किसानलाई वितरण गर्ने लक्ष्य अलैची विकास केन्द्रको छ ।