कन्याम । सूर्योदय नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखाले आयोजना गरेको बिज्ञान तथा गणित प्रदर्शनी कार्यक्रम शुरु भएको छ । सामुदायिक र संस्थागत गरि २० विद्यालयको सहभागीता रहेको कार्यक्रम मंसिर १५ गतेसमापन हुनेछ । सूर्योदय नगरपालिकाले हरेक वर्ष उक्त कार्यक्रमको आयोजना गर्दै आएको छ।

सोही अवसरमा विद्यालयको तेस्रो पक्ष मुल्यांकन बाट १८३ सुचकहरुको आधारमा मा वि तर्फ फिक्कल मा वि प्रथम, जनक मा।वि अन्तु, दोस्रो, आधारभुत विद्यालय तर्फ सार्वजनिक आ वि पशुपतिनगर र आधारभुत तर्फ भवानी आ वि माघे प्रथम र कृष्ण आ वि सुन्तले दोस्रो लाई नगद पुरस्कार सहित सम्मान समेत गरिएको छ ।
