Local Sandesh आइतबार, कार्तिक २३ २०८३
  • ट्रेण्डिङ :

इलाममा दूध गुणस्तर सुधार  

इलाममा दूध गुणस्तर सुधार  

  • सन्देस सम्बाददाता
  • बुधबार, मंसिर १३ २०८०


इलाममा दूध गुणस्तर सुधार  
इलाम । दूधको गुणस्तरमा मापन गर्ने यन्त्र मिल्क एनालाइजरको प्रयोगले इलाममा उत्पादन हुने दूधको गुणस्तरमा सुधार भएको छ । दूग्ध पदार्थ अन्तराािष्ट्रय बजारमा निर्यात हुन थालेपछि उद्योगीले गुणस्तरीय दूध संकलनमा पनि प्राथमिकता दिएका छन् । सूर्योदय ९ को हलेसी डेरी उद्योगमा दैनिक ५ हजार लिटर दूध संकलन     हुन्छ । डेरी उद्योगमा २ वर्ष अघिसम्म किसानबाट संकलन भएको दूधमा फ्याट र एसएनएफको मापदण्ड पुग्दैनथ्यो । तर अहिले किसानबाट संकलन हुने दूधको गुणस्तरमा सुधार भएको छ ।
दूग्ध विकास संस्थानको बरबोटे चिस्यान केन्द्रमा १ वर्ष अघिसम्म मापदण्ड पुगेको दूध संकलन गर्न कठिक थियो । मापदण्ड नपुगेको दूध फर्काउने गरेपछि संस्थानमा संकलन हुने दुध गुणस्तरको छ ।
दूध प्रशोधन भइ नेपालमा उत्पादन हुने दूध पदार्थ घ्यू, छुर्पि र चीज अन्तरािष्ट्रय बजारमा पुग्ने गरेकाले अहिले किसान दूधको गुणस्तरमा सचेत भएका छन् । अन्तराष्ट्रिय बजारमा बढी मात्रामा छुर्पी निर्यात हुन्छ । २ वर्ष अघि छुर्पी निर्यात समस्या भएपछि किसान सचेत भएको उद्यमी  किरण भण्डारीले बताए ।
दूधको गुणस्तर मापदण्डमा फ्याट ३ जिरो र एसएनएफ ८ जिरो हुन्छ । गुणस्तर मापन गर्ने मिल्क एनालाइजर दूग्ध विकास संस्थानले मात्रै प्रयोग गर्दैै आएपनि अहिले सबै डेरी उद्योगमा छन् । मिल्क एनालाइजर दूध संकलन गर्ने सहकारीमा पनि राखिएका छन् । जसका कारण अहिले दूधको गुणस्तरमा सुधार भएको दूग्ध विकास संस्थान फिक्कल बरबोटे चिस्यान केन्द्रका निरञ्जन चौधरीले बताए । इलाममा दूग्ध विकास संस्थान बाहेक चीज, छुर्पी र घ्यू उत्पादन गर्ने डेरी उद्योगहरुमा दूध संकलन भइ प्रशोधन हुन्छ । इलाममा संकलन हुने दूध ८० प्रतिशत जिल्लाका उद्योगमा खपत हुँदै आएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार