Local Sandesh आइतबार, कार्तिक २३ २०८३
  • ट्रेण्डिङ :

प्रदेश प्रमुख खापुङद्धारा रेडपाण्डा प्रजनन् केन्द्रको अध्ययन (तस्बिरहरु) 

प्रदेश प्रमुख खापुङद्धारा रेडपाण्डा प्रजनन् केन्द्रको अध्ययन (तस्बिरहरु) 

  • सन्देस सम्बाददाता
  • सोमबार, मंसिर ११ २०८०


प्रदेश प्रमुख खापुङद्धारा रेडपाण्डा प्रजनन्  केन्द्रको अध्ययन (तस्बिरहरु) 
सन्दकपुर (टप्पु) । इलामको सन्दकपुर गाउँपालिकाको टप्पुमा नेपालमै पहिलो पटक विश्वमै दुर्लभ रेडपाण्डाको ‘प्रजनन केन्द्र’ स्थापनाका लागि निर्माण गरिएको भौतिक पूर्वाधारको कोशी प्रदेशका प्रमुख परशुराम खापुङले स्थलगत अध्ययन गरेका छन् ।  बिश्वमै लोप हुने अवस्थामा पुगेको रेडपाण्डा हाब्रेको संख्या वृद्धि गर्नका लागि निर्माण भएको रेडपाण्डा प्रजनन् केन्द्र नितिगत समस्याका कारण संचालनमा आउन सकेको छैन ।
सन्दकपुर गाउँपालिकाको समुन्द्र सहतबाट दुई हजार चार सय मिटर अग्लो क्षेत्र टप्पुको ४४ रोपनी जमिनामा रेडपाण्डा प्रजनन केन्द्र अध्ययन गर्दै प्रदेश प्रमुख खापुङले नितिगत समस्या समाधानका लागि पहल गर्ने बताएका छन् ।  स्थानीय माघ सामुदायिक वन, टप्पु सामुदायिक वन र पाटेनागी सामुदायिक वनको संगम स्थलमा प्रजनन केन्द्र निर्माणका लागि भौतीक संरचना बनेपनि नितिगत समस्याका कारण संचालनमा समस्या भएकाले पहल गर्न गाउँपालिकाका जनप्रतिनिधिहरुले प्रदेश प्रमुख समक्ष माग गरेका थिए । प्रमुख प्रमुखसँग सन्दकपुर गाउँपालिका अध्यक्ष तुलारम गुरुङ्ग, उपाध्यक्ष हरि लुङ्गेली, वडाअध्यक्षहरु सनम राई, लिल बहादूर बुर्जा, ढाल बहादूर गुरुङ्ग लगायतको उपस्थिति रहेको थियो ।
प्रजनन केन्द्र पुग्न इलाम सदरमुकाम हुँदै सन्दकपुर गाउँपालिकाको केन्द्र देउराली पुगेर ६ किलोमिटर उकालो शान्त ठाउँ टप्पुमा पुग्नुपर्दछ । सन्दकपुरको उच्च क्षेत्र माईपोखरी , सुलुबुङ र माईमझुवाको टप्पुमा रेडपाण्डाको बासस्थान , चरिचरन सहित प्रजनन केन्द्र स्थापना गर्ने योजनका साथ संघीय सरकार र गाउँपालिकाको बजेटबाट गरिएको  थियो । केन्द्रमा पक्की घेराबारसहित तारजाली लगाएर पाँच सय ५० मिटर क्षेत्रफललाई प्रजनन केन्द्र बनाइएको छ ।
सामुदायिक वन क्षेत्रको अन्य जमिनमा रेडपाण्डाको आहार मालिङगो, बाण्डे, भालुचिन्डे लगायतका वृक्षरोपण गरिएको छ ।  चालु आर्थिक वर्षमै प्रजनन केन्द्र निर्माणको काम सकेर उक्त प्रजनन केन्द्रमा दुई जोडी रेडपाण्डा प्रजननका लागि छोडिनेछ । १४ वर्ष आयु रहेको रेडपाण्डाले वर्षमा एक पटक प्रजजन गर्ने गरेको छ । १८ महिनाको भएपछि एक पटकमा रेड पाण्डाले दुई वटा बच्चा प्रजनन गर्ने गरेको छ । जुन, जुलाई र अगष्ट महिना रेडपाण्डाको प्रजनन समय हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार