Local Sandesh आइतबार, कार्तिक २३ २०८३
  • ट्रेण्डिङ :

सिंहदेवी आधारभूत बिधालयको लेखापरीक्षण प्रतिवेदन र सार्वजनिक सुनुवाई

सिंहदेवी आधारभूत बिधालयको लेखापरीक्षण प्रतिवेदन र सार्वजनिक सुनुवाई

  • लिला लिम्बु
  • शनिबार, कार्तिक २५ २०८०


सिंहदेवी आधारभूत बिधालयको लेखापरीक्षण प्रतिवेदन र सार्वजनिक सुनुवाई

फाकफोकथुम । फाकफोकथुम चार साबिक फुएतप्पा लिम्बु गाउँमा रहेको सिंहदेवी आधारभूत बिधालयको आर्थिक वर्ष ०७९र८०को लेखा परीक्षण प्रतिवेदन तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । विद्यालय अभिभावक संघका अध्यक्ष तथा वडा सदस्य गजेन्द्र लिम्बुको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
विद्यालय आयोजना गरेको लेखा परीक्षण प्रतिवेदन तथा सार्वजनिक सुनुवाईको स्वागत मन्तव्य शिक्षिका डिल्ली माया लिम्बुले राखेकि थिइन् । त्यसैगरी शुभकामना मन्तब्य पूर्व अभिभावक संघका अध्यक्ष तथा राजनीतिक कर्मी साथै लेखा समिति सदस्य दिपक लिम्बुले मन्तव्य राखेका थिए । आ,व०७९र८०को विधालयको प्रतिवेदन अभिभावक संघका अध्यक्ष गजेन्द्र लिम्बुले विधालयको आय व्यय प्रस्तुत गरेका थिए। विधालयको शिक्षक , कर्मचारी तलव निकाशा तथा विभिन्न शिर्षकमा आएको कुल आय रकम ३९ लाख ४८ हजार ३ सय १९ रूपैयां १६ पैसा प्रस्तुत गरेका थिए ।
त्यसैगरी व्यय तिर शिक्षक कर्मचारी तलव तथा बिभिन्न शिर्षकमा खर्च भएको कुल रकम ३५ लाख ६९ हजार सात सय ६१ रूपैयाँ २६ पैसा व्यय प्रस्तुत गर्नु भएको थियो भने बिधालयको खातामा रहेको गत सालको यस बर्ष ०७९र८०सम्म गरी कुल बचत ३ लाख ७८हजार ५ सय ५७ रूपैयां ९ पैसा रहेको लेखा परीक्षण प्रतिवेदन तथा सार्वजनिक सुनुवाई कार्यक्रममा विद्यालय अभिभावक संघका अध्यक्ष गजेन्द्र लिम्बुले भेलामा जानकारी दिइन् । लेखा परिक्षण हलबाट पारित गरिएको थियो।
अभिभावक, बुद्धिजीवी राजनीतिक दलका नेताहरुले राखेका प्रश्न तथा जिज्ञासा प्रति प्रधानाध्यापक राजन श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मित्र परियार र अभिभावक संघका अध्यक्ष गजेन्द्र लिम्बुले उत्तर दिएका थिए भने सहजीकरणको विद्यालय शिक्षक गोबिन्द लिम्बुले भूमिका खेलेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार