Local Sandesh आइतबार, कार्तिक २३ २०८३
  • ट्रेण्डिङ :

दानाबारीमा शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया

दानाबारीमा शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया

  • सन्देश सम्वाददाता
  • बुधबार, कार्तिक २२ २०८०


दानाबारीमा शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया

माई । लोदिया प्रहरी चौकी दानाबारी इलामको आयोजनामा माई नगर भित्रको शान्ति सुरक्षा तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ। लोदिया प्रहरी चौकी इन्चार्जको जिम्मेवारी सम्हाल्न आएका बरिष्ठ प्रहरी सहायक निरीक्षक कैलाश केसीसंग स्थानीय बिभिन्न क्षेत्रका सरोकारवाला संग शान्ति सुरक्षाका बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।

प्रहरी सहायक निरीक्षक बलदेव सुवेदीको अन्यत्रै सरुवा भएपछि केसी जिम्मेवारी सम्हाल्न आएका हुन् । दक्षिणी इलामको माई नगरपालिका भित्र बढ्दै गएको खस्कदो शान्ति सुरक्षाका सम्बन्धमा स्थानीय राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, समाजसेवी, ब्यवसायी, पत्रकार लगायत संग अन्तरक्रिया भएको थियो।

अन्तरक्रिया कार्यक्रममा प्रहरी प्रमुख बरिष्ठ सई केसीले शान्ति सुरक्षा कायम गर्न सबै संगको सहकार्यमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । सर्लाही घरभई भरखरै इलाम आएका केसीले स्थानीय नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति महशुस हुने गरी कार्य गर्ने जानकारी गराए ।

स्थानीयले पछिल्लो समयमा लागुऔषध दुव्र्यसनी बढेको, दिनदहाडै चोरी र लुटपाटका घटना वढेको, दोषीलाई पक्राउ गर्न र कार्बाही गर्न असमर्थ रहेकोल अपराधीहरुको मनोबल बढेको, शान्ति सुरक्षाका लागि सडक एवम बजारमा सिसी क्यामेरा राख्नु पर्ने लगायत सुझाब दिएका थिए।

कार्यक्रममा नेकपा माओवादी केन्द्र माईका अध्यक्ष भक्त बहादुर लुङ्गेली, नेपाली काँग्रेसका गोपाल पाण्डे, नेकपा एमालेका गोबिन्द सोताङ, जनता समाजबादी पार्टीका उपाध्यक्ष राम बहादुर राई, माई नगरपालिका वडा नम्बर–३ का वडा अध्यक्ष देउ कुमार तामाङ, वडा नम्बर–५ का वडाध्यक्ष भुपेन्द्र पुर्वछाने, माई४ वडा सदस्य महेन्द्र बुढाथोकी, समाजसेवी नारायण प्रसाद दुलाल, शिब भण्डारी, सशस्त्र प्रहरी वेस क्याम्प दानाबारी प्रमुख पृथ्वी श्रेष्ठ, पत्रकार विमल दहाल, सुरक्षाकर्मी लगायतको सहभागीता रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार