फाकफोकथुम । जनतासँग माओवादी जन जनमा माओवादी बिशेष रूपान्तरण सहित देशब्यापी नेकपा माओवादी केन्द्रद्वारा सञ्चालित तिन महिने अभियान नेकपा माओवादी केन्द्र फाकफोकथुम गाउँपालिकामा सम्पन्न भएको छ । कमिटीका कार्यबाहक अध्यक्ष अरूण दर्लामीको अध्यक्षतामा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा इलाम इन्चार्ज तथा तिन महिने अभियान इन्चार्ज कुशल लिम्बु, जिल्ला सह इन्चार्ज कान्छा लावती, जिल्ला पार्टी अध्यक्ष बिजय खम्बु उपस्थितिमा फाकफोकथुम पालिका स्तरीय सचिवालय बैठक सम्पन्न भएको हो ।
फाकफोकथुम वडा चारका पार्टी अध्यक्ष चन्द्र दंगाली मगरको घरमा सचिवालय बैठक सम्पन्न भएको थियो।
सचिवालय बैठममा थुमका वडा ३, ४, ५, ६ र ७ का पार्टी सचिवालय सदस्य तथा वडा इन्चार्ज अरू दर्लामी मगर, लक्षमण घतानी, पदम बागदाष ,केदार खनाल, टठ बहादुर राई, चन्द्र बहादुर गजमेर तथा वडा चारका सचिव पदम बागदाष लगायतले पार्टी संगठनबारे रिपोर्टीङ्ग राखेका थिए ।
त्यसै गरी सचिवालय मिटिङ्गमा इलाम इन्चार्ज कुशल लिम्बुले प्रशिक्षण तथा पार्टीलाई माथि उठाउनको लागि केन्द्र देखि टोल कमिटीसम्म साथै घर घरमा माओबादी जनतामा गएर भेटघाट गरेर पार्टीको स्पष्ट निती बिचार र भ्रष्टाचार नियन्त्रण साथै इलाम निर्वाचन क्षेत्र दुइको उपनिर्वाचनमा नेकपा माओवादीलाई जिताउनको लागि जनताहरू समक्ष घुलमिल हुनुपर्नेमा बैठकले जोड दिएको थियो ।
बैठकले मंसिर १० गते भित्र फाकफोकथुममा प्रत्येक वडा देखि टोल टोल कमिटिको सम्मेलन गरिसक्नु पर्नेछ निर्देशन दिएको छ । जिल्ला इन्चार्ज र जिल्ला पार्टी अध्यक्ष कान्छा लावती र बिजय खम्बुले पनि प्रशिक्षण तथा फाकफोकथुममा पार्टी चलायमान हुनुपर्ने र प्रत्येक जनताहरूको जनअपेक्षा जनचाहना अनुसारको काम गर्नु पर्ने पार्टी सचिवालयका सदस्यहरूलाई प्रशिक्षण दिएका थिए ।