इलाम । अन्तरपार्टी महिला सञ्जाल इलाम नगरपालिका अध्यक्षमा माओवादी केन्द्रकी मञ्जु तिम्सिना चयन भएकी छन । बर्तमान स्थानिय संरचना अनुसार इलाम नगरपालिका अध्यक्षमा तिम्सिना चयन भएकी हुन । समितीको उपाध्यक्षमा संघिय समाजवादीकी फुलमाया फेजुङ, सहसचिव राप्रपाकी सीता अधिकारी, कोषाध्यक्ष एमालेकी पबित्रा ढकाल रहेका छन ।
समितीको सदस्यहरुमा संघिय समाजवादीकी अनिता बस्याल, माओवादी केन्द्रकी प्रेमकुमारी गुरुङ र मेनुका राई शंकर, राप्रपाकी शुशिला श्रेष्ठ (मिलन), नेपाली कांग्रेसकी मिरा खाकी र सोमकुमारी गुरुङ नेकपा एमालेकी इन्दिरा पौडेल, नानु खत्री र तिर्थ दाहाल ढकाल रहेका छन । समितीको सचिव पद भने बैठकले चयन गर्ने अध्यक्ष तिम्सिनाले बताइन ।
नगर अध्यक्ष तिर्थ दाहाल ढकालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी जिल्ला अन्तरपार्टी महिला सञ्जालकी सचिव रिपल राई रहेकी थिइन ।