इलाम । इलाम नगरपालिका–४ ले किसानलाई अनुदानमा आलुको बिउ वितरण गरेको छ । कृषकहरुलाई २०% लागत साझेदारी मा १० केजीका दरले जनक देव आलुको बिउ वितरण गरिएको हो ।

नगर प्रमुख केदार थापाको प्रमुख आतिथ्यमा २ सय घर परिवार किसानलाई आलुको बिउ वितरण गरेको वडाध्यक्ष नुतनदेव दुलालले जानकारी दिए । १४० मन बिउ सोमबार र मंगलबार गरेर ५३० परिवार र ३३ कृषि फर्मलाई वितरण गर्ने तयारी भएको छ ।

कृषिलाई पहिलो प्राथमिकतामा राखेर उत्पादन वृद्धिमा जोड दिदै किसानलाई प्रोत्साहन गर्ने नीति वडाले लिएको दुलालले बताए ।