Local Sandesh आइतबार, कार्तिक २३ २०८३
  • ट्रेण्डिङ :

कोशी प्रदेश : एमालेका मन्त्री राम रानाले दिए राजीनामा

कोशी प्रदेश : एमालेका मन्त्री राम रानाले दिए राजीनामा

  • सन्देश सम्वाददाता
  • शनिबार, कार्तिक १८ २०८०


कोशी प्रदेश : एमालेका मन्त्री राम रानाले दिए राजीनामा

विराटनगर : कोशी प्रदेश सरकारका मन्त्री रामबहादुर राना मगरले पदबाट राजीनामा दिएका छन्। उनले शनिबार बिहान मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा बुझाएका हुन्। शनिबार बिहान मुख्यमन्त्री केदार कार्की समक्ष राजीनामा बुझाएको मगरले जानकारी दिए।

उनले भने, ‘आज बिहान मुख्यमन्त्रीज्यू समक्ष राजीनामा बुझाएको हुँ।’ मुख्यमन्त्री कार्कीले एमालेको सहमति बेगर गठबन्धन दलहरू माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट एक एक मन्त्री शुक्रबार नियुक्त गरेका थिए।

आफूहरूको सहमतिविपरीत सरकार विस्तार गरेको भन्दै एमालेले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएको हो। राना गत असोज २७ गते मन्त्री नियुक्त भएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार