Local Sandesh आइतबार, कार्तिक २३ २०८३
  • ट्रेण्डिङ :

अरिङ्गालले चिलेर इलाममा एकको मृत्यु, एक जना घाइते

अरिङ्गालले चिलेर इलाममा एकको मृत्यु, एक जना घाइते

  • सन्देश सम्वाददाता
  • बुधबार, कार्तिक १५ २०८०


अरिङ्गालले चिलेर इलाममा एकको मृत्यु, एक जना घाइते

इलाम । घाँस काटिरहेको बेला बारीको रुखमा रहेको अरिङ्गालले चिल्दा इलाम नगरपालिका–१२ साङरुम्बामा एक जनाको मृत्यु भएको छ । घाइते अवस्थामा झापाको बिर्ता सिटी अस्पताल ल्याइएकोमा उपचार गर्दा गर्दै मृत्यु भएको हो । मृत्यु हुनेमा माङ्गसेबुङ्ग-३  का ३० वर्षीय सन्तोष लिम्बु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

दशैमा ससुराली भेटघाट गर्न आएका उनी अरिङ्गाल झार्ने क्रममा टोकाईबाट घाइते भएका थिए ।   अरिङ्गालले चिलेर घाइते भएका ५९ वर्षीय यामबहादुर लिम्बुको उपचार भइरहेको छ । यामबहादुर र उनको ज्वाइँ सन्तोष छिमेकीको बारीमा मङ्गलवार बिहान ८ बजेको समयमा भुईघाँस काटिरहेको बेला त्यहीँ रहेको चिलाउनेको रुखमा भएको अरिङ्गाल आएर चिलेको हो ।

उनीहरू दुबैलाई घाइते अवस्थामा इलाम जिल्ला अस्पतालमा उपचारका लागि पुर्‍याइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि बिर्तामोड स्थित विर्तासिटी अस्पताल ल्याइएकोमा मङ्गलवार राती एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार