सन्दकपुर । सन्दकपुर गाउँपालिकाद्धारा गठन भएका टोल विकास स्वयसेवी संस्थाका पदाधिकारीलाई अभिमुखिकरण शुरु गरेको छ । विकास निर्माण, विपद् उद्धार र गाउँपालिका कार्यक्रमहरु कार्यान्वयन गर्ने योजनाका साथ गठन भएका संस्थाका पदाधिकारीहरुलाई अभिमुखिकरण कार्यक्रम शुरु भएको हो ।

अभिमुखिकररण कार्यक्रम सन्दकपुर गाउँपालिका वडा नम्बर ३ मा सम्पन्न भएको छ । सन्दकपुर ३ का वडाअध्यक्ष लिल बहादूर बुर्जाको अध्यक्षता गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गको प्रमुख आथित्यतामा भएको कार्यक्रममा चालु आर्थिक वर्षमा गाउँपालिकामा कार्यानवयन हुने योजनाहरुको जानकारी र योजना कार्यान्वयन गर्दा अपनाउनुपर्ने कानुनी प्रक्रियाका बारेमा जानकारी गराइएको थियो ।

आर्थिक वर्ष २०८० ÷ ०८१ को वार्षिक निति कार्यक्रम तथा बजेट कार्यान्वयनको लागि गठित टोलविकास स्वयंसेवि उपभोक्ताका संस्था सन्दकपुर ३ मा चार वटा गठन भएका छन् । चार संस्थाका पदाधिकारीहरुलाई सन्दकपुर गाउँपालिका उपाध्यक्ष हरि लुङ्गेलीले आफ्नो काम राम्रो सँग निर्वाहा गर्नुपर्नेमा जोड दिए ।
अभिमुखिकरण कार्यक्रममा सन्दकपुर प्रमुख प्रशासकिय अधिकृत यादव राउत, प्रशासकिय अधिकृत धननाराययण श्रेष्ठ, योजना शाखा प्रमुख टिका बस्नेत, आर्थिक प्रशासन शाखाका प्रमुख युवराज नेपाल लगायत गाउँपालिका भित्रका विभिन्न शाखाका प्रमुखहरुले संस्थाले निर्वाहा गर्नुगर्ने भुमिकाबारे सहजिकरण गरेका थिए । गाउँपालिकाले ५ वटै वडाका टोल विकास स्वयसेवी संस्थाका पदाधिकारीलाई अुभिमुखिकरण गर्दै आएको छ ।
