Local Sandesh आइतबार, कार्तिक २३ २०८३
  • ट्रेण्डिङ :

माइपोखरीमा त्रि–धार्मिक महोत्सवको तयारी शुरु (फोटोफिचर)  

माइपोखरीमा त्रि–धार्मिक महोत्सवको तयारी शुरु (फोटोफिचर)  

  • सन्देस सम्बाददाता
  • मंगलबार, कार्तिक १४ २०८०


माइपोखरीमा त्रि–धार्मिक महोत्सवको तयारी शुरु (फोटोफिचर)  
माईपोखरी । रामसार क्षेत्रमा सूचीकृत तथा जैविक विविधताको संगमस्थल माइपोखरीमा त्रि–धार्मिक महोत्सवको तयारी शुरु भएको छ । विश्वशान्तिको कामना गर्दै माइपोखरीमा आउँदो मंसिर १ देखि ८ गतेसम्म हिन्दू, बौद्ध र किरात धर्मावलम्बीले संयुक्त रूपमा महोत्सवको तयारी शुरु भएको हो ।
महोत्सव अवसरमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको  पूर्वाधार निर्माणको तयारी भएको हो । २५ बौद्धगुरु र किरात धर्मगुरुले पूजापाठ, मन्त्रोच्चारण लगायत क्रियाकलाप सञ्चालन गर्ने योजनाका साथ हुने क्रिधार्मिक महोत्सवस्थलको पूर्वाधार निर्माणको काम थालिएको आयोजक समितिका संयोजक प्रेमनाछिरिङले बताए । धार्मिक आस्थाको केन्द्र माइपोखरीको प्रचारप्रसार र धार्मिक सहिष्णुुता कायम राख्ने मुख्य उदेश्य रहेको महोत्सव माईपोखरी नजिकै गरिनेछ ।
सदरमुकामबाट करिब १३ किलोमिटरमा रहेको माइपोखरीमा २०७० असार ८ देखि १० गतेसम्म यस्तै बहुधार्मिक उत्सव सञ्चालन गरिएको थियो । माइपोखरीमा कुनै ‘अनिष्ट’ भए पानी सुक्ने जनविश्वासमा स्थानीयले विभिन्न धार्मिक कार्यक्रम आयोजना हुँदै आएका छन् । अहिले ठूलो संख्यामा पर्यटक आकर्षित गर्ने गरी आयोजना गरिएको महोत्सवको प्रचारप्रसारको काम पनि हुँदै आएको आयोजक समिति सदस्य तथा प्रचारप्रसार उप–समिति संयोजक श्यामकुमार राईले बताए ।
माइपोखरीको महिमा विश्वभर छर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागेकाले धार्मिक सहिष्णुताको उत्तम नमुनासमेत रहेको माइपोखरीका माध्यमबाट पर्यटकीय प्रवद्र्धन गर्ने लक्ष्य रहेको राईले बताए । क्रिधार्मिक महोत्सवस्थलमा गाउँपालिका उपाध्यक्ष हरि लुङ्गेली सहितको उपस्थिति रहेको थियो । माईपोखरी प्रवेशद्धार नजिकै रहेको क्षेत्रलाई महोत्सवस्थल निर्माणका लागि जमिन सम्याउने काम अहिले धमाधम भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार