इलाम : इलाम पर्यटन प्रर्वद्धन सरोकार समितीको अध्यक्ष बिजय राई चयन भएका छन । शनिवार सम्पन्न प्रथम अधिवेशन तथा साधारणसभाबाट राईको नेतृत्वमा १६ सदस्यीय समिती चयन गरिएको हो ।
समितीको उपाध्यक्षमा प्रेम सापकोटा, महासचिव देवी पौडेल, सचिव ज्ञानु दाहाल र कोषाध्यक्षमा दिव्या भट्टराई रहेकी छन । समितीको सदस्यहरुमा शुशिला सापकोटा, देवेन्द्र शंकर, शारदा उप्रेती पराजुली, कमला बााँस्कोटा रिजाल, निमदोर्जे शेर्पा, कुमारी खडका, रुपबहादुर तामाङ, जितबहादुर लिम्बु, उमेश महत, बिक्रम कर्मचार्य र विनोद दाहाल रहेका छन ।
अधिवेशनलाई इलाम क्षेत्र नं १ को ख का प्रदेशसभा सदस्य काजीमान कागतेले उद्धघाटन गरेका थिए । कार्यक्रममा मेची पहाडी क्षेत्र पर्यटन प्रर्वद्धन समितीका कार्यकारी निर्देशक केशवकुमारी द्यौराली, जिल्ला समन्वय समितीकी उपप्रमुख चित्रकला बराइली, इतिहासविद्ध युद्धप्रसाद बैद्य, अग्रज पत्रकार धर्म गौतम लगायतले आफनो धारणा राखेका थिए ।