Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

माओवादीको युवा संगठन वाइ सि एलद्धारा बडादशैँको अवसरमा खेलकुद र सास्कृतिक कार्यक्रम

माओवादीको युवा संगठन वाइ सि एलद्धारा बडादशैँको अवसरमा खेलकुद र सास्कृतिक कार्यक्रम

  • सन्देस सम्बाददाता
  • मंगलबार, असोज ३० २०८०


माओवादीको युवा संगठन वाइ सि एलद्धारा बडादशैँको अवसरमा खेलकुद र सास्कृतिक कार्यक्रम

लक्ष्मिपुर । माओवादीको युवा संगठन वाइ सि एलद्धारा सूर्योदय नगरपालिका १३ मा बडादर्शैको अवसरमा खेलकुद र सास्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । सूर्योद नगरपालिका १३ मा योङ्ग कम्यूनिष्ट लिंग नेपालको आयोजनामा विविध सास्कृतिक कार्यक्रम र भलिबल प्रतियोगिता आयोजना गर्ने भएको हो । भलिबल प्रतियोगिताको प्रथम पुरस्कार १५ हजार राखिएको वाइ सि एल नेपाल सूर्योदय नगर अध्यक्ष निरोज आचार्यले बताए । प्रतियोगिताको दोस्रो पुरस्कार १० हजार रहेको छ । प्रतियोगितामा ट्रफि मेडल र प्रमाणपत्र पनि वितरण हुनेछ । बडादशैँको अवसरमा विविध सास्कृतिक कार्यक्रम पनि आयोजना हुनेछ ।

सास्कृतिक कार्यक्रममा नृत्य, गायन, म्युजिकल चेयर, भाले झिक्ने, छेलो हान्ने र हाडि फुटाउने कार्यक्रम रहेको छ । कात्तिक ४ देखि शुरु हुने कार्यक्रहरु कात्तिक ६ गते सम्पन्न हुनेछन् । सूर्योदय नगरका १३ सुकेपोखरी खेल मैदानमा हुने प्रतियोगिता वाइ सि एल वडा कमिटीले आयोजना गरेको हो । प्रतियोगितामा सम्पर्कका लागि मोहन कट्टेल ९८६४२९४०७१, निरज आचार्य ९८४२६९९६१४ र गणेश राईको ९८६०६७१३०२ मा सम्पर्क गर्नुपर्ने आयोजनाले जनाएको छ । प्रतियोगिता आयोजनाका लागि सुकेपोखरीको खेल मैदान निर्माण मर्मतको काम हुँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार