इलाम । नाम्सालिङ सामुदायिक बिकास केन्द्र इलामको २९ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको मुख्य कार्यालय माईजोगमाई गाउँलालिका वडा न ३ मा साधारणसभा सम्पन्न भएको हो । कार्यक्रम संस्थाका अध्यक्ष भू प्रसाद लिम्बुको अध्यक्षतामा एंव् माईजोगमाई गाउँपालिकाका उपाध्यक्ष प्रविना राईको आतिथ्यमा सम्पन्न भएको हो ।
