इलाम । पछिल्लो राजनितिक सरचना अनुसार प्रेस काउन्सिलको संरचना स्थानिय तहसम्म आउनुपर्ने इलाममा आयोजित कार्यक्रमका सहभागीहरुले बताएका छन । प्रेस काउन्सिल मिडिया सम्वाद तथा बहस उपसमितीको आयोजना र नेपाल पत्रकार महासंघको संयोजनमा भएको सम्बाद कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष रोहितचन्द्र भट्टराईले स्थानिय मिडियाहरुको सहजताको लागी प्रेस काउन्सिलले अहिलेका बनेको स्थानिय तहको संरचना अनुसार आफुलाई तल्लो तहसम्म विस्तार गर्नुपर्ने बताए । त्यस्तै नेपाल पत्रकार महासंघका उपाध्यक्ष सुजन तिम्सिनाले स्थानिय स्तरमा संचालनमा रहेको मिडियाहरु ग्रेडिङ लगायत अन्य काममा लागी काठमाण्डौ पुग्नलाई बढी खर्च हुने वाध्यतात्म स्थिती रहेकाले प्रेस काउन्सिलको ऐन परिमार्जन गर्दै तल्लो तहसम्म पुगेर सहजता उपलव्ध गराउनुपर्ने बताए । इलाम एफएमका कार्यक्रम प्रमुख दिवाकर भण्डारीले प्रेस काउन्सिलले अहिले गरिरहेको अनुगमनलाई अझै प्रभावकारी बनाउन सके पत्रकार आचार संहिताको पुर्ण कार्यान्वयनका लागी अझ सहज हुने बताए ।
कार्यक्रममा बोल्दै डा देवी क्षेत्री दुलालले संचार क्षेत्रमा भविष्य राम्रो रहेता पनि मेहनत र परिश्रमको कमिका कारण नेपाली पत्रकारिता क्षेत्र अपेक्षिकृत रुपमा अघि बढन नसकेको धारणा राखे ।
त्यसैगरी पत्रकार भिम चापागाईले पुर्वमा आचार संहिता उल्लंघनका घटनाहरु कमै मात्र भएपनि कानुनी ज्ञानको अभावमा समाचार लेखनमा समस्या भइरहेकोे बताए । पत्रकार मञ्जु तिम्सिनाले मिडियाहरुले श्रमजिवी ऐन परिपालन नगर्ने परिपार्टी रहेकाले प्रेस काउन्सिलले प्रत्यक्ष अनुगमन गरेर पत्रकारिता गरेर बाच्न सक्ने आधार तयका गर्नका लागी विशेष पहल गर्नु पर्ने बताइन् ।
कार्यक्रममा बोल्दै बहस उपसमितीका सदस्य इश्वरीप्रसाद ओझाले पत्रकारहरुलाई नियममा बाध्नका लागी पत्रकार महासंघ र प्रेस काउन्सिलको संयुक्त प्रयासमा आचार संहिता जारी गरिएकाले नियमलाई परिपालन गर्दै संचारकर्मी गर्न सके नेपाली पत्रकारिता क्षेत्रको छवि अझ मर्यादित बनाउने जिम्मा सम्पुर्ण संचारकर्मीहरुको रहेको बताए ।
त्यसै गरी प्रेस काउन्सिलका सुचना अधिकारी दिपक खनालले स्थानिय स्तरमा संचालनमा रहेका मिडियाहरुलाई नजिकैबाट नियमन गर्नका लागी ७ बटै प्रदेशमा सुचना कार्यालय राख्ने तयारी भइरहेको बताए । उनले मन्त्रालयमा ऐन परिमार्जनका लागी मस्यौदा पठाइसकिएकाले प्रेस काउन्सिलले स्थानिय संचारमाध्यमको उत्थानमा विशेष ध्यान दिएको बताए । त्यसैगरी प्रेस काउन्सिल मिडिया सम्वाद तथा बहस उपसमिती संयोजक खिलबहादुर भण्डारीले प्रेस काउन्सिलले सबै खाले संचारमाध्यमलाई नियमन र अनुगमन गरिरहने भएकाले स्थानिय स्तरमा खुलेका सवै खाले संचारमाध्यमहरु काउन्सिलको नियमको दायराभित्र रहेर संचालनमा रहन अपिल गरे ।कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालय इलामका प्रशासकिय अधिकृतसफल पोर्तेलले इलामको पत्रकारीताका विकास तिब्र गतिमा विकास भइरहेको अवस्था पत्रकार अचारसिंहता कार्यक्रमले गुणस्तर विकासमा सहयोग पुग्ने बताए । पत्रकारीता क्षेत्रको आचारसंहिताले पत्रकारप्रति र संचारमाध्यमप्रति विश्वसनीयता बढाउने उनको भनाइ थियो ।
नेपाल पत्रकार महासंघ इलामकी अध्यक्ष कोकिला ढकालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय मिमतिका योजना अधिकृत विनोद पोखरेलले पत्रकार आचारसंहिता बारेमा पत्रकारलाई मात्रै हैन सबै क्षेत्रलाई जानकारी गराउनुपेर्ने बताए । कार्यक्रममा इलाम कार्यक्षेत्र बनाएर काम गरिरहेका २५ भन्दा बढी पत्रकारहरुको सहभागीता रहेको थियो ।