Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

माई नगरपालिका – ५ मा माओवादीको टोल समिति (तस्बिरहरु)

माई नगरपालिका – ५ मा माओवादीको टोल समिति (तस्बिरहरु)

  • सन्देस सम्बाददाता
  • आइतबार, असोज २८ २०८०


माई नगरपालिका – ५ मा माओवादीको टोल समिति (तस्बिरहरु)

इलाम  । इलामको माई नगरपालिका ५ मा नेकपा माओवादी केन्द्र को टोल समिति गठन भएको छ । जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत सो वडाको टोल नम्बर २ मा टोल समिति गठन भएको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् माई नगरपालिका कमाण्ड इन्चार्ज हरिकुमार रानाको उपस्थितिमा टोल समिति गठन भएको हो ।

लवकुमार शेर्माको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा सन्तोष राई, सचिवमा प्रेमकुमार याख्खा, सहसचिवमा विक्रम राई र कोषाध्यक्षमा निता राई चयन भएका छन् ।सदस्यहरुमा अमृता शेर्मा, मिरा शेर्मा, थीरप्रसाद मिश्र, अनिल राई, करण गदाईली, अशोक गदाईलीलगायत रहेका छन् ।

‘घरघरमा माओवादी, जनजनमा माओवादी’ नारासाथ संचालन भईरहेको अभियानको क्रममा यतिबेला माओवादी नेताहरु टोलटोलमा पुगेका छन् । अभियान १५ मंसिरसम्म संचालन हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार