इलाम । समाजवादी मोर्चाको सन्देश सभा इलाममा सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्क बहादूर नेम्बाङ मिक्सोको प्रमुख आथित्यमा भएको सन्देश सभामा चार राजनितिक दलका अगुवा नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

नेकपा माओवादी केन्द्रका इलाम अध्यक्ष बिजय खम्बुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि हर्क बहादूर नेम्बाङ मिक्सोले राजनीतिक उपलब्धिहरुको रक्षा गर्दै देशको आर्थिक क्रान्तिका लागि मोर्चाले नेतृत्व गर्ने बताए । अहिलेसम्म भएको आन्दोलनका उपलब्धिहरुमाथि आक्रमण शुरु भएकाले अब त्यसको रक्षाका सबै नेता कार्यकर्ताहरु एक भएर लाग्नुपर्ने उनले बताए ।

सन्देश सभामा बोल्दै नेकपा एकिकृत समाजवादीका पोलिटव्यूरो सदस्य गणेश काम्बाङले गणतन्त्र प्राप्तिका लागि गरिएका आन्दोलनलाई अपराधिकरण गर्ने काम प्रमुख प्रतिपक्ष एमालेबाट भएकाले त्यसका बिरुद्ध नेता कार्यकर्ता एक भएर लाग्नुपर्ने बताए । उनले भने–‘परिवर्तनका विरुद्ध सक्रिय भएको सक्तिका विरुद्ध एक भएर प्रतिरोध गर्नुपर्नेमा सबै लाग्नुपर्छ ।’ सन्देश सभामा जनता समाजवादी पार्टीका नेता तथा समाजवादी मोर्चाका प्रदेश संयोजक दिपक याख्खाले संविधानमा जनताका सबै कुरा नसमेटिएपनि त्यसलाई रक्षा गर्दै अघि बढ्नुपर्ने बताए । याख्खाले भने–‘जनताका अधिकार पूर्ण रुपमा संविधानमा लेखिएका छैन तर त्यसलाई पूर्ण बनाउन मोर्चाका नेता कार्यकर्ता एक भएर लाग्नुपर्नेमा जोड दिए ।

सन्देश सभामा बप्लव नेतृत्वको नेकपाका नेता होम खतिवडा (सि) ले समाजवाद यात्राका लागि जनताले एक भएर आन्दोलन गर्नुपर्ने बताए । उनले भने–‘जनताको सक्ता स्थापनाका लागि सबै एक भएर लाग्नुपर्छ । सन्देश सभाको कार्यक्रमा विप्लव नेतृत्वको नेकपाका नेता फडिन्द्र न्यौपाने (सि) ले गरेका थिए भने धन्यवाद ज्ञापन जनता समाजवादी पार्टीका नेता छिकेन तामाङले गरेका थिए । सन्देश सभामा समाजवादी मोर्चाको जिल्ला समिति घोषणा गरिएको थियो ।
