Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

सूर्योदय नगरपालिका : राष्ट्रपति चिन्ने, प्रधानमन्त्री नचिन्ने 

सूर्योदय नगरपालिका : राष्ट्रपति चिन्ने, प्रधानमन्त्री नचिन्ने 

  • सन्देस सम्बाददाता
  • सोमबार, असोज २२ २०८०


सूर्योदय नगरपालिका  :  राष्ट्रपति  चिन्ने, प्रधानमन्त्री नचिन्ने 

सूर्योदय । संघीय सरकार, प्रदेश र स्थानीय तहका कार्यालयमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्ने चलन छ । स्थानीय तहले पनि राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्ने गरेका गरेको छन् । तर इलामको सूर्योदय नगरपालिकामा राष्ट्रपतिको मात्रै फोटो राखिएको छ ।

सूर्योदय नगरपालिकाको सभाहल, नगर प्रमुख, नगर उप–प्रमुुख र प्रशासनिक कार्यालयमा राष्ट्रपतिको समेत फोटो राखिएको हो । सूर्योदय नगरपालिकामा नेकपा एकिकृत समाजवादीका जिल्ला नेता रणबहादूर राई नगर प्रमुख र उप–प्रमुखमा नेपाली काग्रेंसका नेता दुर्गा बराल निर्वाचित भएका छन् ।
नेपाली काग्रेस, नेकपा एकिकृत समाजवादी र नेकपा माओवादी केन्द्रको साझा उमेद्धवारका रुपमा २०७९ को चुनावमा उनीहरु निर्वाचित भएका थिए । राष्ट्रपतिको मात्रै फोटो राखेको देखिएपछि त्यहाँ पुग्ने सेवाग्राही र सामाजिक व्यक्तित्व पनि छक्क पर्ने गरेका छन् ।
मन्त्री गुहार्ने प्रधानमन्त्री नचिन्ने 
सूर्योदय नगरपालिकाका नगर प्रमुखले प्रधानमन्त्री प्रचण्डको मन्त्रिपरिषद्मा रहेका दुई मन्त्री बोलाएर कार्यक्रम गरेका छन् । मन्त्री पनि प्रधानमन्त्रीको पार्टी नेकपा माओवादी केन्द्रका नेता थिए ।
स्थानीय तह हेर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी र संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँती सूर्योदय नगरपालिकाबाट आमन्त्रण भएपछि आएका थिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी अहिले मन्त्री पदमा छैनन् । सुदन किराँती भने अहिले मन्त्रालयमा छन् ।
मन्त्रीकै निर्देशन मानेन नगरपालिकाले 
स्थानीय तह हेर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले सूर्योदय नगरपालिका भ्रमण क्रममा नगरपालिकाको सभा हलमा कार्यक्रम भएको थियो । कन्याममा निर्माण भएको भौतीक पूर्वाधार अवलोकन पछि नगरका जनप्रतिनिधि, कर्मचारी उपस्थित कार्यक्रममा मन्त्री मोदीले भेनका थिए–‘ तपाईहरुको पार्टी मिलेनकी किन प्रधानमन्त्रीको फोटो राख्नु भएको छैन ।’ उनले भनेका छन्–‘ अहिले देशको प्रधानमन्त्री हो, तपाईहरुले यो सच्याउनुहोस् ।’ तर अहिलेसम्म प्रधानमन्त्रीको फोटो नगरपालिकाले राखेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार