साङरुम्बा । गत माघ ९ गतेबाट इलाम नगरपालिका–१२ साङरुम्बा वडा कार्यालयमा लगाइएको तालाबन्दी खुलेको छ । नगरपालिकाबाट विनियोजित २० लाख रुपैयाबाट ढोलेदेवी–दमाइ इन्टेक जाने बाटोमा वडाध्यक्ष लाखमान लिम्बुले वाम गठबन्धनलाई उपेक्षा गरी नेपाली कांग्रेस, संघिय समाजवादी र मंगोल नेशनल अर्गानाइजेसनलाई समेटेर समिती बनाएको भन्दै बाम घटक नेकपा एमाले र माओवादी केन्द्र आन्दोलित बनेका थिए ।
भरत घिमिरेको संयोजकत्वमा संयुक्त आन्दोलन समिती बनाएर आन्दोलनका कार्यक्रमहरु अगाडी बढाइएका गठबन्धनले आज वडाध्यक्षको नेतृत्वमा वार्ता बसेर ३ बजेपछि तालाबन्दी खोलेका हुन । आगामी दिनमा शिक्षा, स्वास्थ्य र आगामी बजेटमा बाम गठबन्धनलाई समावेश गर्ने, अमरज्योती आधारभुत विद्यालय र रत्नलक्ष्मी आधारभुत विद्यालयमा बाम गठबन्धनको विद्यालय व्यवस्थापन समिती बनाउने तथा साङरुम्बा माध्यमिक विद्यालय र देउराली आधारभुत विद्यालयमा लोकतान्त्रिक गठबन्धनको व्यवस्थापन समिती बनाउने लगायत ११ बुदे सम्झौता गरि हरि तामाङ नेतृत्वको उपभोक्ता समितीलाई मान्यता दिएको आन्दोलन समितीका संयोजक भरत घिमिरेले बताए ।
तालाबन्दी हुँदा एक साता भन्दा बढि समय वडा कार्यालबाट हुने सेवा प्रभावित बन्दा ५ हजार बढि स्थानिय तहबाट पाइने सेवा बाट बञ्चित भएका थिए ।