Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

चक्कु प्रहारबाट चुलाचुलीका ३८ वर्षीय लिम्बूको मृत्यु

चक्कु प्रहारबाट चुलाचुलीका ३८ वर्षीय लिम्बूको मृत्यु

  • सन्देस सम्बाददाता
  • शनिबार, असोज १३ २०८०


चक्कु प्रहारबाट चुलाचुलीका ३८ वर्षीय लिम्बूको मृत्यु

चुलाचुली । झापाको दमकमा भएको चक्कु प्रहारबाट इलामको चुलाचुली गाउँपालिका-३ पेल्टिमारीका ३८ बर्षीय गोबिन्द लिम्बूको ज्यान गएको छ । दमक नगरपालिका-१ कुमाल चौकस्थित रुबल माछा फ्राई होटलमा शुक्रबार बिहान ३ बजे भएको साथी-साथीको झगडामा छुट्याउने क्रममा लिम्बूको घाँटीमा गहिरो चक्कु प्रहार भएको थियो ।

घटनाको सम्बन्धमा अनुसन्धानका लागि होटल सञ्चालकसहित घटनामा संलग्न ६ जनालाई दमक प्रहरीले हिरासतमा लिएको छ भने थपको खोजी क्रम जारी रहेको छ । पक्राउ पर्नेमा चुलाचुली गाउँपालिका-४ का सन्दिप राई, चुलाचुली गाउँपालिका-३ का सुर्य केरुङ लगायत रहेको स्थानिय राम प्रसाद राईले जानकारी दिए ।

चक्कु प्रहार गर्ने व्यक्ति दमक नगरपालिका-७ का सनम राई रहेको जानकारी प्राप्त भएको छ । मृतकको पोष्टमार्टम भइ सकेता पनि घटनाको सत्यतथ्य बाहिर नआएसम्म र अपराधीले सजाय नपाएसम्म अन्तिम संस्कार नगर्ने मृतकका परिवारका भनाई छ । मृतकको शब दमक अस्पताल दमकमा पोष्टमार्टम भएको हो ।

बिहिवार राती देखि नै मृतक लिम्बू लगायत लगभग १२ जनाको टोलि मद्यपान सेवनमा थिए । झगडाको बिषय भने अहिलेसम्म पत्ता लागेको छैन । घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय झापाका प्रवक्ता डिएसपी खगेन्द्र प्रसाद रिजालले जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार