Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

पर्यटन दिवसमा इलाममा विभिन्न कार्यक्रम, सन्दकपुरमा पर्यटकलाई स्वागत (तस्बिरहरु)

पर्यटन दिवसमा इलाममा विभिन्न कार्यक्रम, सन्दकपुरमा पर्यटकलाई स्वागत (तस्बिरहरु)

  • सुजन तिमल्सिना
  • बुधबार, असोज १० २०८०


पर्यटन  दिवसमा इलाममा विभिन्न कार्यक्रम, सन्दकपुरमा पर्यटकलाई स्वागत (तस्बिरहरु)

इलाम । आन्तरिक पर्यटकहरुको आकर्षक जिल्ला इलाममा विश्व पर्यटन दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेका छन् । कोशी प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र सन्दकपुर गाउँपालिका, इलाम नगरपालिका, सुर्योदय नगरपालिकाले विभिन्न कार्यक्रम आयोजना गरेका हुन् ।


कोशी प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र सन्दकपुर भ्रमण गर्ने पर्यटकहरुलाई जनप्रतिनिधिहरुले खदा लगाएर स्वागत गरेका छन् । सन्दकपुर पर्यटकीय क्षेत्र रामसार क्षेत्र माईपोखरी, सन्दकपुर डाँडा र रेडपाण्डाको अध्ययन क्षेत्रमा पुगेका पर्यटकहरुलाई खदा लगाएर स्वागत गरिएको हो ।


रामसार क्षेत्र माईपोखरी पुगेका पर्यटकहरुलाई गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ, वडाअध्यक्षहरु सनम राई, लिल बहादूर बुर्जा, प्रमुख प्रशासकिय अधिकृत यादव राउत, होमस्टे र पर्यटन व्यवसायीले स्वागत गरेका थिए ।


पर्यटन दिवसकै अवसरमा गाउँपालिकाको अगुवाईमा रामसार क्षेत्र माईपोखरीदेखि डम्बरसिंह सुनुवार सास्कृतिक संग्राहालयसम्म सरसफाई कार्यक्रम गरेको छ । त्यस्तै देउराली बजारदेखि रेडपाण्डा प्रजनन केन्द्र टप्पुसम्म पदयात्रा गरि प्रजनन् केन्द्रको अध्ययन अवलोकन गर्ने काम भएको हो ।


इलामको पर्यटकीय नगरपालिका सूर्योदयमा नेपाल भारत सीमा क्षेत्र पशुपतिनगरबाट मानेभञ्ज्याङ हुँदै थुम्केरानीसम्म पदयात्रा आयोजना गरिएको छ । नेपालमा प्रथम चिया रोपण र प्रशोधन भएको इलाम नगरपालिकामा चियाबारी क्षेत्रको अध्ययन अवलोकन गर्ने काम गरिएको हो । पर्यटन दिवसको दिन होटल एशोसिएसन इलामले होटलमा आउने पर्यटकहरुलाई छुटको व्यवस्था गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार