Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

इलाममा १६ वर्षपछि जनताका घरघरमा माओवादी नेता (तस्बिरहरु)

इलाममा १६ वर्षपछि जनताका घरघरमा माओवादी नेता (तस्बिरहरु)

  • सन्देस सम्बाददाता
  • मंगलबार, असोज ९ २०८०


इलाममा १६ वर्षपछि जनताका घरघरमा माओवादी नेता (तस्बिरहरु)

इलाम । शसस्त्र युद्ध छोडेर शान्ति सझौता मार्फत खुल्ला राजनीतिमा आएको नेकपा माओवादी केन्द्रको राजनीति २०६४ को संविधानसभाको निर्वाचनपछि मृत प्राय थियो । तर अहिले पार्टीले चलाएको तीन महिने अभियानले इलाममा माओवादी कार्यकर्ताहरु चलायमान भएका छन् । राष्ट्रिय राजनीतिमा निर्णायक भएको माओवादी इलाममा २०६४ सालपछि पार्टीको स्वरुपमा नै थिएन ।


घर घरमा माओवादी, जनजनमा माओवादी अभियानको जिम्मेवारी तोकिनु अघि इलाममा माओवादी पार्टी जिल्ला इञ्चार्जको कम्पनी जस्तो थियो । तर केन्द्रिय सदस्यलाई पालिकाको अभियान इञ्चार्ज तोकेर पठाएपछि अहिले १६ वर्षसम्म विपक्षि र आफ्नै पार्टीका नेताबाट अपमानित भएर बसेका कार्यकर्ताहरु चलायमान भएका छन् । घर घरमा माओवादी, जनजनमा माओवादी अभियानमा इलाममा ६ जना केन्द्रिय सदस्यहरु पालिका इञ्चार्जको रुपमा खटिएका छन् ।


जिल्ला समन्वय समिति र पालिका इञ्चार्ज, सह इञ्चार्ज र अध्यक्षहरु वडा अभियान इञ्चार्ज भएर खटिएका छन् । उनीहरु पनि अहिले वडा–वडामा खटिएका छन् । पार्टी भित्रबाटै को नेता पुगे नपुगेको बारे अनुगमन सहितको अभियान भएकाले अहिले सबै नेताहरु कार्यकर्ता र जनताका घर घरमा पुग्ने काम गरिरहेको पार्टीका जिल्ला अध्यक्ष बिजय राईले बताए ।


सूर्योदय नगरपालिका माईजोगमाई गाउँपालिका अभियान इञ्चार्ज केपि बराल अहिले सूर्योदयको अभियानको काम आधि सकेर अहिले माईजोगमाई गाउँपालिका पुगेका छन् । बरालसँगै जिल्ला संयोजक बिजय राईसँगै खटिएका छन् । अभियान इञ्चार्ज केपि बरालको उपस्थितिमा माई जोगमाई गाउँपालिकाको वडा नम्बर २ मा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । अगुवा कार्यकर्ताहरुको उपस्थितिमा ७ वटा टोल कमिटि गठन गरिएको जिल्ला संयोजक बिजय राईले जानकारी दिए ।


त्यसैगरी किसान, युवा संगठन वाईसिएल, महिलाको वडा कमिटी निर्माण भएको छ । वडा समिति निर्माणसँगै जनताका घरमा पुग्ने घरदैलो कार्यक्रम पनि गरिँदै आएको अभियान इञ्चार्ज केपि बरालले बताए । अभियान अन्तरगत ८ गते वडा नम्बर १ मा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । ९ गते वडा नम्बर ३ र ४ मा घरदैलो कार्यक्रम सम्पन्न भएको हो । अभियान अन्तरगत १० गते माईजोगमाईको वडा नम्बर ६ मा अगुवा कार्यकर्ताको प्रशिक्षण गरि १३ गतेसम्म घरदैलो कार्यक्रम गर्ने योजना रहेको इञ्चार्ज केपि बरालले बताए । अभियान अन्तरगत सूर्योदय नगरपालिकामा पालिका बैठक सम्पन्न गरि वडा तहमा अभियान संचालन भइरहेको सूर्योदय नगरपालिका इञ्चार्ज प्रविन तिमसिनाले बताए ।


घर घरमा माओवादी, जनजनमा माओवादी अभियानको सिलसिलामा इलामको इञ्चार्ज भएर आएका कुलप्रसाद साम्बा कुसल अहिले माओवादी कार्यकर्तासँगै अन्य पार्टीका घर घरमा पुगेर जनगुनासा सुन्ने काम गरिरहेका छन् । जनताका गुनासाहरु सुन्दै सवृद्ध इलाम निर्माणको योजनाबारे छलफल गर्दै उनी अभियानमा लागिरहेका छन् । कुलप्रसाद इलाम जिल्ला इञ्चार्जसँगै चुलाचुली, माङ्सेबुङ्ग, फाकफोकथुम गाउँपालिकाको अभियान इञ्चार्ज भएर जनताका घरदैलोमा पुगिरहेका छन् ।


इलाम नगरपालिका र सन्दकपुर गाउँपालिका अभियान इञ्चार्ज रहेका केन्द्रिय सदस्य रञ्जित तामाङ अहिले वडा वडामा लागिरहेका छन् । सन्दकपुरका गाउँ टोल देखि इलाम नगरपालिका भित्रका सबै वडाहरुमा पुग्ने योजनाका साथ काम गरिरहेका छन् । देउमाई नगरपालिका अभियान इञ्चार्ज तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य लाल बहादूर मगर अहिले वडा तहसँगै टोल टोलमा कार्यकर्ताहरु भेटघाटमा व्यस्त छन् ।


माई नगरपालिका अभियान इञ्चार्ज हरि राना अहिले वडा तहमा कार्यकर्ता तहमा भेटघाटमा व्यस्त रहेका छन् । रानाले अहिले वडा वडामा पुगेर कार्यकर्ता तहमा उनीहरुका गुनासाहरु बुझ्दै आएका छन् । रोङ गाउँपालिका अभियान इञ्चार्ज लक्ष्मी न्यौपाने शुरु रोङ गाउँपालिका भित्रका कार्यकर्ता भेटघाटसँगै विकास निर्माणको बारेमा छलफल गरिरहेकी छन् । सहिद परिवार, अगुवा कार्यकर्ता भेटघाट र सामाजिक संघ संस्थाका बारेमा छलफल गर्दै पार्टीले अभियानका कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार