इलाम । सरकारका हरेक कार्यालयहरुमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राखिएको छ । पूर्व मन्त्रीहरुको फोटो पनि राखिएको हुन्छ । त्यति मात्रै होइन तीनै तहका सरकारी कार्यालयहरुमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटा राख्ने गरिएपनि जिल्ला समन्वय समिति इलाममा राष्ट्रपतिको मात्रै फोटो राखिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख, उप प्रमुख र हलमा राष्ट्रपतिको मात्रै फोटो राखिएको हो । सरकारी कार्यालयहरुमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्ने गरिएपनि जिल्ला समन्वय समिति इलाममा राष्ट्रपतिको मात्रै फोटो राखिएको पाइएको हो । जिल्ला समन्वय समितिको प्रमुखमा एमालेबाट जयप्रकाश राई, उप–प्रमुखमा नेकपा एकिकृत समाजवादीकी नेतृ चित्रकला बराईली निर्वाचित भएकी थिइन् ।
