Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

चुलाचुलीमा उत्पादन, बजार झापाको दमक

चुलाचुलीमा उत्पादन, बजार झापाको दमक

  • सुजन तिमल्सिना
  • आइतबार, असोज ७ २०८०


चुलाचुलीमा उत्पादन,  बजार झापाको दमक

चुलाचुली । अधिकांश बेरोजगार नेपाली युवाहरु वैदेशिक रोजगारका शिलशिलामा परदेश जान्छन् । तर इलामको चुलाचुलीमा युवाहरु गाउँमै कृषि र फलफुल खेती गरि मनग्ये आम्दानी गरिरहेका छन् ।
गोपाल मगरले सात वर्षसम्म परदेशमा पसिना बगाए । तर अहिले परदेश त्यागेर इलामको चुलाचुली गाउँपालिकामा व्यवसायीक रुपमा तरकारी खेती गर्दै आएका छन् । विदेशमा काम गरी कमाएको पैसा गाउँमा नै तरकारी र फलफुल क्षेत्रमा लगानी गरेर आफू स्वरोजगार मात्र बनेका छैनन्, १३ जना युवाहरुलाई रोजगारी समेत दिएका छन् ।
चुलाचुली २ का माइतराज लिम्बुले ड्रागन फुड खेतीबाट राम्रो आम्दानी लिन थालेका छन् । ४ कठ्ठा जग्गामा ड्रागन फुडको खेती गर्दै आएका लिम्बुले यो सिजनमा २ हजार केजि बजारमा बिक्रि गरेका छन् ।
गोपाल मगर र माइतराज लिम्बु मात्रै हैन, अहिले चुलाचुली गाउँपालिमा युवाहरु तरकारी र फलफुल खेतीमा आकर्षिक भएका छन् । वैदिशिक रोजगारीबाट फर्किएका युवापनि तरकारी तथा फलफुल खेतीमा आकर्षिक भएका छन् ।
युवाले ५ कठ्ठादेखि दुई विघा सम्म जग्गामा तरकारी र फलफुल खेती गरेको पाइन्छ । झापाको दमक बजार नजिकै रहेकाले चुलाचुलीमा उत्पादित तरकारी र फलफुलको बजार समस्या छैन । युवाले मौसमी र बेमौसमी तरकारी उत्पादन गरि बजारमा बिक्रि गर्दै आएका छन् ।
युवाको फार्ममा टमाटर, तितेकरेला, भेडे खुर्सानी, स्थानीय जातका खुर्सानी, सिमीलगायत तरकारी उत्पादन हुन्छ । त्यसबाहेक खुल्ला क्षेत्रमा सिमलतरुल, ड्रागन फ्रुडको खेती विस्तार पनि हुँदै आएको छ । तरकारी र फलफुलजन्य उत्पादनहरुको ९० प्रतिसत खपत झापाको दमक बजारमा हुने गरेको फार्म संचालक गोपाल मगरले बताए ।
युवाले ५ लाखदेखि २ करोड रुपैयाँसम्म लगानी गरि तरकारी तथा कृषिजन्य सामग्रीहरु उत्पादन गर्दै आएका छन् । यहाँका व्यवसायिक कृषि तथा पशु फार्मलाई व्यवस्थित गर्न कृषि ज्ञान केन्द्र र चुलाचुली गाउँपालिकाले आर्थिक सहयोग गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार