कन्याम । एकता बचत तथा ऋण सहकारी संस्थाले ५ करोड ९३ लाख ८९ हजार ५ सय २९ रुपैया ३३ पैसाको कारोबार गरेको छ । सूर्योदय नगरपालिका स्थित एकता बचत तथा ऋण सहकारी संस्था लि ले आफ्नो ११ औं वार्षिक साधारण सभा कृष्णआश्रम माविको हलमा सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष एकाराम प्रधानको अध्यक्षता, सूर्योदय नगरपालिका आर्थिक विकास समितिका संयोजक देवेन्द्र शर्मा, केन्द्रिय चिया सहकारी संघका अध्यक्ष ख्याम राज प्रधान, सूर्योदय ७ का वडा अध्यक्ष लाल बहादुर चाम्लीङ, वडा सदस्य पदम गिरी, चन्द्रकला परियारको आथित्यता रहेको थियो । साधारणसभामा संस्थाका ५ सय ९७ जना सदस्यहरूको उपस्थिती रहेको थियो ।

साधारणसभामा संस्थाकी कोषाध्यक्ष लिलादेवी सापकोटाले स्वागत मन्तव्य राखेकी थिइन् भने संस्थाको आर्थिक वर्ष २०७९ र ०८० को प्रगति प्रतिवेदन संस्थाका अध्यक्ष इकाराम प्रधानले प्रस्तुत गरेका थिए । संस्थाका उपाध्यक्ष तथा ऋण उपसमिति संयोजक भूपेन्द्र अर्यालले ऋण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका लेखा समिति सदस्य महेश अर्यालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

लेखा परीक्षण प्रगती प्रतिवेदन संस्थाका व्यवस्थापक ईश्वर घिमिरेले गरेका थिए। संस्थाका भावी कार्यक्रम निती तथा बजेट संस्थाका सचिव टेकराज गिरीले प्रस्तुत गरेका थिए । साधारण सभाको अवसर पारेर उत्कृष्ट बाल वचत तर्फ सुम्निमा राई , अनिर्वाय वचत तर्फ पूर्णसिंह मोक्तन, ऐच्छिक वचत तर्फ युवराज पौड्याल, उत्कृष्ट ऋणी तर्फ चन्द्रमाया तमाङग, उत्कृष्ट ऋणी व्यवस्यी तर्फ वेनकुमार प्रधान नगद सहित सम्मानित भएका छन् ।

त्यसै गरी क्भभ परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल सदस्यहरूका छोरा छोरीहरुलाई उच्च शिक्षा हासिलका लागि प्रेरण स्वरुप सामुदायिक तर्फ विभुषण कार्की, संस्थागत तर्फ सुप्रिया तामाङलाई नगद सहित सम्मान गरिएको थियो । संस्थाका ७० वर्ष भन्दा माथिका सदस्य १७ जनालाई सम्मान सहित समाजिक सुरक्षा भत्ता वापत प्रति व्यक्ति २ हजार ४ सय समेत प्रदान गरिएको थियो । उत्कृष्ट कर्मचारी तर्फ संस्थाका व्यवस्थापक ईश्वर घिमिरे सम्मानीत गरिएको थियो भने ११ औं साधारणसभा बाट पुनः इकाराम प्रधानको अध्यक्षतामा नौ सदस्य समिति चयन भएको छ ।

संस्थाको उपाध्यक्षमा भेपेन्द्र अर्याल, सचिवमा टेकराज गिरी, कोषाध्यक्षमा लिलादेवी सापकोटा, सदस्यहरूमा भीम वहादुर श्रेष्ठ, जानुका खड्का, ख्याम राज प्रधान, शान्त तामाङ, निमडिकी शेर्पा रहेकी छन् । लेखा तथा सुपरिवेक्षण समितिमा निर बहादुर प्रधानको संयोजकत्वमा तीन समिति गठन भएको छ । सदस्यहरूमा सविता पाण्डे र आशिका कुलुङ राई चयन भएका छन् ।
