सन्दकपुर । कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य घोषित सन्दकपुर गाउँपालिकामा नयाँ प्रशासकिय अधिकृतमा यादव राउतलाई स्वागत गरिएको छ । प्रमुख प्रशासकिय अधिकृत महेश राईको सहरी विकास मन्त्रालयमा सरुवा भएपछि नयाँ प्रमुख प्रशासकिय अधिकृतमा यादव राउतको सरुवा भएको हो । राउतलाई गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षहरु, राजनीतिक दल, संघसंस्थाका प्रतिनिधिहरुले राउतलाई स्वागत गरेका थिए ।

प्रमुख प्रशासकिय अधिकृत राउतलाई स्वागत गर्दै उपस्थित जनप्रतिनिधि, राजनीतिक दलका नेता र संघ संस्थाका प्रमुखहरुले संन्दकपुरको सवृद्धि र विकासको यात्रा अहिलेसम्म द्रुत गतिमा अघि बढेको र आगामि दिनमा थप उचाईमा पुग्ने खालका नितिहरु निर्माणमा प्रमुख प्रशासकिय अधिृकतबाट सहयोग हुने आशा राखेका थिए ।

स्वागत कार्यक्रममा गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ, उपाध्यक्ष हरि लुङ्गेली, वडा नम्बर २ का अध्यक्ष सनम राई, नेपाली काग्रेसका जिल्ला सह सचिव देबेन्द्र सुवेदी, प्रशासकिय अधिकृत टिका बस्नेत लगायतले मन्तव्य राखेका थिए ।