इलाम । संविधान दिवसको अवसरमा इलामको चोक बजारमा दिप प्रज्वलन गरिएको छ । संविधान दिवस मुल समारोह समिति २०८० को अवसरमा दिप प्रज्वलन गरिएको हो । दिप प्रज्वलनमा जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राई, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, तीन वटै सुरक्षा निकायका प्रमुख, राजनितिक दलहरुका प्रतिनिधि, विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
