इलाम । संविधान दिवसको अवसरमा अखिल क्रान्तिकारीद्धारा इलाम क्याम्पस सरसफाई गरेको छ । संविधान दिवसको अवसरमा अखिल क्रान्तिकारी महेन्द्र रत्न बहुमुखि क्याम्पस कमिटीले क्याम्पस परिसर सरसफाई गरेको हो ।

सरसफाई कार्यक्रममा नेकपा माओवादी केन्द्रका इलाम इञ्र्चाज कुलप्रसाद साम्बा, अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष तथा नेकपा माओवादी केन्द्र इलाम नगरपालिका अभियान इञ्चार्ज, रञ्जित तामाङ, इलाम जिल्ला सह इञ्चार्ज कान्छा लावती, इलाम अध्यक्ष बिजय राई, इलाम नगरपालिका अध्यक्ष बिक्रिम लिम्बु, अखिल क्रान्तिकारी पूर्व सचिव गञ्जु प्रधान, क्याम्पस स्ववियु सचिव राजेन्द्र लोहार, लगायतको सरसफाई कार्यक्रममा उपस्थिति रहेको थियो ।
