Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

आर्यघाटबाट फर्किएपछि ओलीले सम्झिए ८ वर्षअघिको नेम्वाङको अत्तालिँदो रूप

आर्यघाटबाट फर्किएपछि ओलीले सम्झिए ८ वर्षअघिको नेम्वाङको अत्तालिँदो रूप

  • सन्देश सम्वाददाता
  • बिहिबार, भाद्र २८ २०८०


आर्यघाटबाट फर्किएपछि ओलीले सम्झिए ८ वर्षअघिको नेम्वाङको अत्तालिँदो रूप

इलाम । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अन्त्यष्टिमा सहभागि भएर फर्किएपछि संविधान जारी गर्दाताक उनीमा देखिएको हतासपनको स्मरण गरेका छन्।

आठ वर्ष अघि यसै समयको डायरीको पाना पल्टाएको बताउँदै ओलीले आज सामाजिक सञ्जाल फेसबुकमा लामो स्टेटस राख्दै नेता नेम्वाङ संविधान जारी नहुने चिन्ताले उत्तेजित भएको र जसरी पनि असोज ३ मा संविधान जारी गर्नैपर्ने पक्षमा देखिएका स्मरण गरेका छन्। उनले असोज ३ मा संविधान जारी गर्नैपर्ने नत्र जे पनि हुने भनी अत्तालिँदै आफूलाई भेट्न आएको बताएका छन्।
ओलीको स्टाटस जस्ताको तस्तै
प्रिय साथी सुवास नेम्वाङलाई सदाका लागि बिदाइ गरेर आर्यघाटबाट फर्केपछि आज मैले आठ वर्ष अघि यसै समयको डायरीको पाना पल्टाएँ। त्यस कठिन बेलाको दृश्य आँखा अगाडि आयो। नेपालमाथि नाकाबन्दीको हल्ला चलिसकेको थियो, सुरक्षाको कारण देखाएर सीमा नाकामा गाडी रोकिन थालिसकेका थिए। भूकम्पको ठूलो क्षतिबाट उठ्न सकेका थिएनौँ।
अत्यावश्यक इन्धनको अभावले बजारमा हाहाकार सुरु भइसकेको थियो। विभिन्न जातीय, क्षेत्रीय, धार्मिक समूहलाई उत्तेजित बनाउने र त्यसबाट देशलाई अस्थिरतातर्फ लैजाने प्रयास भित्रभित्रै भइरहेका थिए। नेपाललाई स्वतन्त्र राष्ट्रका रुपमा रहन नदिने एउटा प्रहार खेपिरहेका थियौँ। संविधानसभामा सधैँ शान्तरुपमा प्रस्तुत हुने उहाँ त्यो दिन कडारुपमा प्रस्तुत हुनुभएको थियो।
दलका नेता, संविधानसभाका अध्यक्ष, प्रधानमन्त्री सबैलाई संविधान रोक्न निकै ठूलो दवाव थियो। भारतीय विदेश सचिव आएर फर्केपछि सुवासजी तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर अलि अत्तालिँदै मलाई भेट्न आउनु भयो।
उहाँले अलि हडबडाउँदै भन्नुभयो– ‘डरलाग्दो स्थिति छ, तीन गते संविधान जारी गर्नबाट रोकियो भने संविधान मात्रै होइन, सबै बर्बाद हुने छ। यस्तो भयो भने त देश नै सकिन्छ।’ उहाँ असोज तीन गते संविधान जारी गर्न संसदमा आइदिन निम्तो लिएर राष्ट्रपति रामवरण यादव कहाँ जाँदा राष्ट्रपतिले आउने, नआउने केही भन्नु भएनछ। ‘नआउन पनि सक्ने देखें, के गर्ने होला रु’ सुवासजी संविधान जारी नहुने चिन्ताले उत्तेजित हुनु भएको रहेछ।
उहाँलाई मैले तपाईं तीन गतेको तयारी गर्नुस्, जे हुन्छ, त्यही दिन गरौँला भनेँ। हुन पनि संविधान जारी भएपछि नाकबन्दी भयो। हामीले नाकाबन्दीको त्यो अप्ठ्यारो पार गरेको झलझली सम्झिरहेको छु, सुवासजी

https://www.facebook.com/UMLprezKPSharmaOli/posts/pfbid02EUwmrC1dnZriwdGxn5vyxUnE5FceS3wSeWDxuCiepnk8aZVapWJ51aC6HTxTudy5l

प्रतिक्रिया
सम्बन्धित समाचार