Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

ज्येष्ठ नागरिकलाई रोङले रेडियो दिने, प्रशासकीय अधिकृतलाई स्वागत

ज्येष्ठ नागरिकलाई रोङले रेडियो दिने, प्रशासकीय अधिकृतलाई स्वागत

  • सन्देस सम्बाददाता
  • बुधबार, भाद्र २७ २०८०


ज्येष्ठ नागरिकलाई रोङले रेडियो दिने, प्रशासकीय अधिकृतलाई स्वागत

इलाम ।  इलामको रोङ गाउँपालिकाले पालिकाका ज्येष्ठ नागरिकहरुको लागि रेडियो बितरण गर्ने भएको छ । गाउँपालिकाको गतिबिधि रेडियो मार्फत सूचना प्रवाह गर्नको लागि रेडियो बितरण गर्न लागेको हो । गाउँपालिकाका लक्षित समुहको रुपमा रहेको ज्येष्ठ नागरिकहरुले सूचना मुलक शिक्षामुलक सामाग्रीहरु सुन्न नपाउने भएकाले रेडियो बितरण गर्न लागिएको गाउपालिका अध्यक्ष मणिकुमार स्याङबो सुवासले बताए ।

‘रोङमा रहेका ज्येष्ठ नागरिकको घरधुरी तथ्याङक संकलन सकेर करिब एक हजार एक सय घर परिवारलाई रेडियो बितरण गर्न लागिएको हो । मोबाइल र इन्टरनेटको माध्यमबाट प्रवाह हुने सूचना युवा तथा शहर बजारमा मात्र सिमित हुने तर गाउ बस्ती र मोबाइल चलाउन नजान्नेहरुको लागि रेडियो नै एक मात्रै प्रभावकारी माध्यम भएकाले रेडियो बितरण गर्न लागिएको अध्यक्ष स्याङबोले बताए ।

गाउँपालिका अध्यक्ष मणिकुमार स्याङबोले बताए । बार्षिक स्वीकृत कार्यक्रम अन्तरगत रहेर पहिलो चौमासिक भित्रैमा रेडियो बितरण गर्ने कार्यक्रम रहेको बताइएको छ ।

गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत

रोङ गाउपालिकामा नया प्रमुख प्रशासकीय अधिकृत अनिल त्रिखत्रीले हाजिर गरेका छन् । जिल्ला समन्वय समिति पाँचथरबाट सरुवा भइ प्रमुख प्रशासकीय अधिकृतको रुपमा रोङ गाउँपालिका आएका हुन् ।

सोमबार गाउँपालिकामा आयोजित एक सक्षिप्त स्वागत कार्यक्रममा नयाँ प्रमुख प्रशासकीय अधिकृत लाई गाउँपालिकाले हाजिर गराएको हो । स्वागत कार्यक्रममा गाउपालिका अध्यक्ष मणिकुमार स्याङबो, उपाध्यक्ष बिष्णुमाया खवास, वडाध्यक्षहरु ,बिभिन्न साखाका प्रमुख हरु सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार