Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

सुवास नेम्वाङको अन्त्येष्टि विहिवार

सुवास नेम्वाङको अन्त्येष्टि विहिवार

  • सन्देश सम्वाददाता
  • मंगलबार, भाद्र २६ २०८०


सुवास नेम्वाङको अन्त्येष्टि विहिवार

इलाम । सोमबार राति निधन भएका संविधान सभा अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि विहिवार हुने भएको छ। उनका दुबै छोरा विदेशमा रहेका कारण उनको अन्त्येष्टि विहिवार मात्र गर्न लागिएको हो।

नेम्वाङका जेठा छोरा मिङ्सो नेम्वाङ बेलायतबाट  नेपाल आइपुग्दै छन्। उनी सपरिवार बेलायत बस्दै आएका छन्। १५ दिनअघि अष्ट्रेलिया गएका कान्छा छोरा सुहाङ नेम्वाङ भने आज राति ११ बजे फर्किने नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्ले जानकारी दिए।

नेम्वाङका चार सन्तानमध्ये दुई छोरी भने काठमाडौंमै छन्। एमालेले नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका मंगलबार ९ बजेदेखि पार्टी कार्यालय च्यासलमा राख्ने जनाएको छ। नेम्वाङको सोमबार राति १ बजेर ५० मिनेटमा निधन भएको थियो।

* यसअघि बुधबार अन्तिम संस्कार गर्ने भनिएकोमा छोराहरु आइपुग्न समय लाग्ने भएकाले अन्तिम संस्कर विहिवार गर्ने 

प्रतिक्रिया
सम्बन्धित समाचार