Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

अत्याधुनिक ल्याब सहित पार्वती पोलिक्लिनिक फिक्कल बजारमा, थाइराइड टेष्ट एक दिनमा

अत्याधुनिक ल्याब सहित पार्वती पोलिक्लिनिक फिक्कल बजारमा, थाइराइड टेष्ट एक दिनमा

  • सन्देस सम्बाददाता
  • सोमबार, भाद्र २५ २०८०


अत्याधुनिक ल्याब सहित पार्वती पोलिक्लिनिक फिक्कल बजारमा, थाइराइड टेष्ट एक दिनमा

फिक्कल । इलामको सूर्योेदय नगरपालिका १० स्थित फिक्कल बजारमा अत्याधुनिक ल्याब सहितको पोलिक्लिनिक स्थापना भएको छ । बिषेशज्ञ डाक्टरहरुको सेवा समेत पोलिक्लिनिकमा दिने उदेश्यले पार्वती पोलिक्लिनिक प्रा. लि स्थापना भएको हो । पोलिक्लिनिकमा इमर्जेन्सि सेवा, फार्मेसी, अत्याधुनिक ल्सँयाब सेवा २४ सै घण्टा उपलब्ध हुने संचालक प्रितम कुमार यादवले बताए ।

पोलिक्लिनिकमा अन्य सरकारी र निजी स्वास्थ्य संस्थामा नभएको थाइएराइड, ३ महिने सुगरको मात्रा हर्ने जाँच, भिटामिन बि १२, भिटामिन डि ३, हर्मोन टेष्ट समेत हुने गरेको छ ।

पोलिक्लिनिक बिशेषज्ञ डाक्टरहरु मनेश्वर साह, निरज रौनीयार, प्रमोद कुमार साह र सन्ध्या साहको उपचार सेवा समेत लिन सकिनेछ ।  पोलिक्लिनिकमा दैनिक रुपमा भिडियो एक्सरे, डिजिटल एक्सरे, इसिजी र मेडिकल अधिकृतबाट चेकचाँच हुने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार