Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

२० औँ निजामति सेवा दिवसमा इलाममा कर्मचारीलाई पुरस्कृत (तस्बिरहरु) 

२० औँ निजामति सेवा दिवसमा इलाममा कर्मचारीलाई पुरस्कृत (तस्बिरहरु) 

  • सुजन तिमल्सिना
  • शनिबार, भाद्र २३ २०८०


२० औँ निजामति सेवा दिवसमा इलाममा कर्मचारीलाई पुरस्कृत (तस्बिरहरु) 
इलाम । २० औँ निजामति सेवा दिवसमा इलाममा ८ कर्मचारीलाई पुरस्कृत गरिएको छ । दिवसको अवसरमा इलाम अस्पतालमा फलफूल वितरण, कर्मचारी युनियनको तर्फबाट २० थान म्याट वितरण विरतण गरिएको थियो । यस्तै जिल्ला प्रशासन कार्यालय परिसरमा औषधीजन्य विरुवा रोपण गरिएको छ ।
माननीय जिल्ला न्यायाधिस दिपक कुमार दाहालको प्रमुख आथित्यतामा भएको कार्यक्रमको अध्यक्षता प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले गरेका थिए । कार्यक्रममा जिल्ला प्रशासन कार्यालयमा  ३ जना उत्कृष्ट कर्मचारी पुरस्कृत गरिएको छ । उत्कृष्ट कर्मचारीमा प्रशासकीय अधिकृत यादव राउत, नायव सुब्बा नित्यानन्द घिमिरे र याम बहादुर तामाङ्ग रहेका छन् ।
यसैगरि इलाम जिल्लाका सेवा प्रवाहमा उत्कृष्ट योगदान दिने कर्मचारीलाई नगद सहित प्रसंशा पत्र प्रदान गरिएको छ । नगद सहित प्रशंसा पत्र पाउनेमा कार्यालय सहयोगीसुर्य बहादुर कार्की, दिपक अधिकारी, प्रेम बहादुर राई रहेका छन् । यस्तै माई नगरपालिका सूचना  प्रविधि अधिकृत दिपिका घिमिरे, वडा  सचिव चन्द्र बहादुर राउत देउमाइ  नगरपालिका, वडा  सचिव लेख  बहादुर नेम्बाङ्ग फाकफोकथुम  गाउँपालिका रहेका छन् ।
त्यसैगरि प्राविधिक  सहायक प्रकाश लुईटेल इलाम  नगरपालिका, नायब  सुब्बा पुष्पा भट्टराई जिल्ला  अदालत इलाम कृष्ण  लिम्बु निर्वाचन कार्यालय इलाम किरण कार्की घरेलु तथा  साना उद्योग कार्यालय, हरि  कुमार थापा जिल्ला  प्रशासन कार्यालय र जिल्ला अस्पताल इलामका जनस्वास्थ्य निरिक्षक टिका  लुईटेल रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार