Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

सन्दकपुरमा स्वास्थ्यकर्मी र संरक्षक शिक्षकहरुको लागी मनोसामाजिक मनोविमर्स तालिम (तस्बिरहरु)

सन्दकपुरमा स्वास्थ्यकर्मी र संरक्षक शिक्षकहरुको लागी मनोसामाजिक मनोविमर्स तालिम (तस्बिरहरु)

  • सन्देस सम्बाददाता
  • शुक्रबार, भाद्र २२ २०८०


सन्दकपुरमा स्वास्थ्यकर्मी र संरक्षक शिक्षकहरुको लागी मनोसामाजिक मनोविमर्स तालिम (तस्बिरहरु)

सन्दकपुर । इलामको सन्दकपुर गाउँपालिकामा स्वास्थ्यकर्मी र संरक्षक शिक्षकहरुको लागी मनोसामाजिक मनोविमर्स तालिम इलाममा सम्पन्न भएको छ । बाल अधिकार समिति सन्दकपुर गाउँपालिका, मानव अधिकार मञ्च नेपाल इलाम र सिभिल पिस सर्भिसको आयोजनामा दुई दिने स्वास्थ्यकर्मी र संरक्षक शिक्षकहरुको लागी मनोसामाजिक मनोविमर्स तालिम सम्पन्न भएको हो । तालिमको मानव अधिकार मञ्च इलाम नेपालका गायत्री थेगिम र रुद्र थेवेले सहजिकरण गरेका थिए ।

भदौ २१ र २२ गते संचालन भएको तालिममा स्वास्थ्यकर्मी, महिला तथा बालबालिका शाखा, स्वास्थ्य शाखा, शिक्षा शाखाका कर्मचारी र विद्यालयमा रहेका संरक्षक शिक्षकको सहभागिता रहेको थियो । तालिमको समापनका अवसरमा बोल्दै सन्दकपुर गाउँपालिका उपाध्यक्ष तथा बाल अधिकारी समिति सन्दकपुरका अध्यक्ष हरि लुङ्गेलीले ग्रामीण क्षेत्रका बालबालिका र नागरिकमा देखिने मनोसामाजिक समस्या समाधानका लागि तालिममा सहभागिहरुले भुमिका खेल्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै सन्दकपुर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत महेश राईले समाजमा आइपरेका समस्या समाधान गर्ने उपाया नहुँदा मनोसामाजिक समस्या हुने भएकाले त्यसलाई रोक्न यो तालिममा सहभागिले सकारात्मक भुमिका निर्वाहा गर्नुपर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार