Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

जनतासँग माओवादी बिशेष रुपान्तरण अभियान : सूर्योदयमा वाईसिएल कमिटी गठन (तस्बिरहरु)

जनतासँग माओवादी बिशेष रुपान्तरण अभियान : सूर्योदयमा वाईसिएल कमिटी गठन (तस्बिरहरु)

  • सन्देस सम्बाददाता
  • शुक्रबार, भाद्र २२ २०८०


जनतासँग माओवादी बिशेष रुपान्तरण अभियान : सूर्योदयमा वाईसिएल कमिटी गठन (तस्बिरहरु)

सूर्योदय । जनतासँग माओवादी बिशेष रुपान्तरण अभियान अन्तरगत इलामको सूर्योदय नगरपालिकामा वाईसिएल नगगर कमिटी गठन भएको छ । जनता सँग माओवादी बिशेष रुपान्तरण अभियानको सातौं दिन सूर्योदय नगर वाईसिएल नेपाल को भेला सम्पन्न भएको हो ।

निरज आचार्यको संयोजकत्वमा ५१ सदस्यीय नगर सम्मेलन आयोजक कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा लोक बहादूर ढकाल, सचिवमा धनराई राई रहेका छन् ।

वाई सि एल सूर्योदय नगर कमिटी अध्यक्ष निरज आचार्यको अध्यक्षतामा भएको भेलाको प्रमुख अतिथि नेकपमा ओओवादी केन्द्रका केन्द्रिय सदस्य तथा अभियान इञ्चार्ज केपि बराल, नेकपा माओवादी प्रदेश किमिटी सदस्य तथा सूर्योदय नगर इञ्चार्ज प्रविन तिमिसना, नेकपा माओवादी केन्द्र सूर्योदय नगरपालिका अध्यक्ष देविप्रसाद उप्रेती, वाइ सि एल इलाम अध्यक्ष कमल दुलाल लगायतको अपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार