Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

इलाममा २०६४ पछि जनताका घरघरमा पुग्दै माओवादी केन्द्र (तस्बिरहरु)

इलाममा २०६४ पछि जनताका घरघरमा पुग्दै माओवादी केन्द्र (तस्बिरहरु)

  • लिला लिम्बु
  • शुक्रबार, भाद्र ८ २०८०


इलाममा २०६४ पछि जनताका घरघरमा पुग्दै माओवादी केन्द्र (तस्बिरहरु)

इलाम । शान्ति प्रक्रियामा आएपछि भएको प्रथम संविधानसभको निर्वाचनपछि जनताका घरमा पुग्न नसकेको नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता अहिले घरघरमा पुग्ने योजनामा छन् । प्रथम संविधानसभाको निर्वाचनमा तत्कालिन ३ वटै निर्वाचन क्षेत्रमा नतिजा निकाल्न असफल माओवादी पार्टीमा एकिकरण, विभाजन, पुनः एकिकरणले गर्दा माओवादीका नेता कार्यकर्ता जनताका घरमा पुग्न सकेको थिएन ।


तर अहिले नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता तीन महिने अभियानका क्रममा जनताका घरघरमा पुग्ने योजनामा रहेको जिल्ला संयोजक बिजय राईले बताए । पार्टी र कार्यकर्ताको मन एकै बनाएर तीन महिने अभियान संचालनका लागि तयारी समेत सो पार्टीले शुरु गरेको छ । भाद्र १६ गतेबाट सबै वडामा शुरु हुने तीन महिने अभियानका लागि अहिले जिल्ला, पालिका र वडा तहमा छलफल तथा अन्तरक्रिया शुरु भएको माओवादी केन्द्रका जिल्ला इञ्चार्ज कुसल लिम्बुले बताए ।


घरघरमा माओवादी जनजनमा माओवादी भन्ने नाराका साथ आफ्नो तीन महिने अभियानको अवसरमा जनतासँग माओवादी बिषेश रुपान्तरण अभियानका लागि इलाम जिल्ला समन्वय समितिको बिस्तारित बैठक तथा अभिमुखिकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रका संघीय सचिव चन्द्रप्रकाश खनाल (बलदेव)को प्रमुख आथित्यतमा भएको बिस्तारित बैठक तथा अभिमुखिकरण कार्यक्रममा प्रदेश कमिटी सदस्य, जिल्ला सदस्य, १० वटै पालिकाबाट पार्टीका पदाधिकारीहरुको उपस्थिति रहेको जिल्ला समन्वय समिति सचिव शान्ता बस्नेतले बताइन् । बिस्तारित बैठक तथा अभिमुखिकरण कार्यक्रममा नेकपा माओवादी केन्द्रका संघीय सचिव चन्द्रप्रकाश खनाल (बलदेव), इलाम इञ्चार्ज  कुसल लिम्बु, प्रदेश कमिटि अध्यक्ष हर्क बहादूर नेम्बाङ, केन्द्रिय सदस्यहरु हरि राना, लक्ष्मी न्यौपाने, रञ्जित तामाङ, लाल बहादूर मगर, केपि बरालले प्रशिक्षणात्मक मन्तव्य दिएका थिए ।


जिल्ला समन्वय समितिको बिस्तारित बैठक तथा अभिमुखिकरण कार्यक्रममा उपस्थितमाझ इलाम जिल्लाको माओवादी पार्टीको अवस्था बारे जिल्ला सह इञ्चार्ज कान्छा लावतीले रिपोटिङ्ग गरेका थिए । बैठकमा माओवादी केन्द्र प्रदेश कमिटि सदस्य उर्मिला तामाङ प्रदेश र केन्द्रिय कमिटीको बैठकको सर्कुलरबारे उपस्थितलाई जानकारी गराएकी थिइन् ।


जिल्ला समन्वय समितिको बिस्तारित बैठक तथा अभिमुखिकरण कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका संघीय सचिव चन्द्र प्रकाश खनाल बलदेवले बलिया मुद्धा बाकेर स्थापित माओवादी पार्टी जनताबाट टाढा भएको भान भएकाले तीन महिने बिषेश अभियान संचालन गरेको बताए ।


अभियानका क्रममा जनतामाझ पार्टीले अहिलेसम्मका उपलब्धि र अब चालिने कदमका बारेमा प्रष्ट पार्ने काम हुने उनले बताए । कार्यक्रममा बोल्दै इलाम इञ्चार्ज कुसल लिम्बुले घाँमको पहिलो झुल्को दिने इलामबाट माओवादी केन्द्रको अभियानबाट नतिजा दिने गरि काम गर्न कार्यकर्तालाई निर्देशन दिए । अभियानको महत्व र औचित्यमाथि प्रकाश पार्दै प्रदेश कमिटि अध्यक्ष हर्क बहादूर नेम्बाङले पार्टी र जनताबिचको दुरी घटनाउने तीन महिने अभियानले बिषेश भुमिका निर्वाहा गर्ने बताए । जिल्ला समन्वय समितिको बिस्तारित बैठक तथा अभिमुखिकरण कार्यक्रममा केन्द्रिय सदस्य हरि रानाले जनतामाझ सरकार र पार्टीेले गरेका राम्रा कामको जानकारी दिँदै जनताकै सुझावबाट पार्टी र सरकार चलाउने योजनाका साथ तीन महिने अभियान संचालन भएको बताए । केन्द्रिय सदस्य रञ्जित तामाङले परिवर्तन र संविधान रक्षाको लागि माओवादी नेता, कार्यकर्ता एक भएर जनतामा जानुपर्ने आवश्यकता भएकाले तीन महिने अभियान संचालन गरेको बताए ।


केन्द्रिय सदस्य लक्ष्मी न्यौपानेले हजारौँको बलिदानबाट स्थापित गरिएको संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान रक्षा गर्न सफल पार्टी माओवादी भएकाले अब देशको सवृद्ध बनाउने काम माओवादीकै नेतृत्वमा हुने बताइन् । जिल्ला समन्वय समितिको बिस्तारित बैठक तथा अभिमुखिकरण कार्यक्रममा अर्का केन्द्रिय सदस्य केपि बरालले जनतासँग पुगेर उनीहरुका दुःखसुखका कुरासँगै जनताकै मागमा आधारिक कार्यक्रम र योजनाहरु कार्यान्वयन गर्न तीन महिने अभियान संचालन गरको प्रष्ट पारेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार