Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

इलामका दुई पसललाई ग्यास बिक्री गर्न रोक

इलामका दुई पसललाई ग्यास बिक्री गर्न रोक

  • सन्देश सम्वाददाता
  • शुक्रबार, भाद्र ८ २०८०


इलामका दुई पसललाई ग्यास बिक्री गर्न रोक

इलाम । जिल्ला प्रशासन कार्यालय इलामले अनुमतिबिना ग्यास बेच्ने दुईवटा पसललाई बिक्री वितरणमा रोक लगाएको छ । दुवै पसलका सञ्चालकलाई तीन दिनभित्र प्रशासन कार्यालयमा हाजिर हुन भनिएको छ ।

प्रशासनले गरेको अनुगमनका क्रममा बिना अनुमति खाना पकाउने ग्यास बिक्री गरिरहेका इलाम सदरमुकामस्थित जिरो किलोमिटर र कुलधारामा रहेका दुई पसललाई ग्यास बेच्न नपाउनेगरी ग्यास नै शिल गरिदिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव कोइरालाले कुुलधाराको पसलमा ५१ वटा भरिएको र दुई सय दुई खाली सिलिन्डर ‘सिल’ गरिएको जानकारी दिए । कोइरालाका अनुसार जिरो किलोमिटरको अर्को पसलमा पनि ९८ वटा भरिएको र ६ वटा खाली सिलिन्डरमा शिल गरिएको छ ।

अनुगमनका क्रममा कतिपय सिलिन्डर म्याद गुज्रिएका पाइएको थियो । यस्ता १३ सिलिन्डर अनुगमन टोलीले जफत गरेको छ । म्याद नलेखिएका खानेपानीका ६ वटा जार पनि बरामद गरिएको प्रशासनले जनाएको छ ।

फाइल तस्बिर : इलाम बजारमा पसल अनुमगन गर्दै जिल्ला प्रशासनको टोली

प्रतिक्रिया
सम्बन्धित समाचार