Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

रोङ गाउँ पालिकामा १५ दिने निसुल्क उर्जा योग ध्यान शिबिर संचालन

रोङ गाउँ पालिकामा १५ दिने निसुल्क उर्जा योग ध्यान शिबिर संचालन

  • सन्देस सम्बाददाता
  • आइतबार, भाद्र ३ २०८०


रोङ गाउँ पालिकामा १५ दिने निसुल्क उर्जा योग ध्यान शिबिर संचालन

रोङ ।  रोङ गाउँपालिकाको सहयोगमा जीवन बिज्ञान कोशी प्रदेशको सहजीकरणमा जीवन बिज्ञान उर्जा ध्यान योग साधना समिती रोङ–३ को आयोजनामा पाथीभरा सभाहलमा भाद्र १ गतेदेखि ध्यान योग साधना शिबिर शुरु भएको छ। विहान ४ वजे देखि विहान ६ वजेसम्म संचालन हुने शिविर मा पहिलो दिनमै मात्रै ५० जना सहभागी रहेको शिबिरको सहजीकरण जीवन बिज्ञानका प्रशिक्षक लक्ष्मण न्यौपाने सरले गरिरहनु भएको छ ।


तेस्तै अरु सुमना श्रेष्ठ लगायत अन्य प्रशिक्षक पनि पालै पालो गरेर १५ दिन सम्म प्रशिक्षण गराउने शिविर संचालन समितिका अध्यक्ष डायमण्ड तिम्सिनाले जानकारी दिनुभयो शिबिरको उद्घाटन गर्दै रोङ गाउँ पालिका का अध्यक्ष मणिकुमार स्याङबो सुबासले अब रोङ गाउँ पालिका ले नै प्रशिक्षक तयार पार्न जीवन बिज्ञान प्रशिक्षण केन्द्र काठमाडौं पठाई २ जना प्रशिक्षक तयार गरि नियमित ध्यान तथा य‍ोगा संचालन गरिने बताए । उपाध्यक्ष बिश्णुमाया भुजेलले नियमित योग तथा ध्यान ले शारीरिक तथा मानसिक रोग पनि निको हुने तथा जीवन स्वस्थ हुने हुनाले रोङ गाउँ पालिकाले सहयोग गरि समिति निर्माण गरि शिविर संचालन गरेको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार