Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

भष्ट्राचार विरुद्ध नेपाली काग्रेसको अभियान : महामन्त्री गगन थापा

भष्ट्राचार विरुद्ध नेपाली काग्रेसको अभियान : महामन्त्री गगन थापा

  • सुजन तिमल्सिना
  • शनिबार, भाद्र २ २०८०


भष्ट्राचार विरुद्ध नेपाली काग्रेसको अभियान : महामन्त्री गगन थापा

इलाम । नेपाली काग्रेसका महामन्त्री गगन थापाले भष्ट्राचार विरुद्धको अभियानको नेपाली काग्रेस नेतृत्व गर्ने बताएका छन् । नेपाली काग्रेसले इलामले आयोजना गरिएको कार्यक्रममा सम्बोधन गर्दै महामन्त्री गगन थापाले भष्ट्राचार विरुद्धको अभियान सफल बनाउन सबै कार्यकर्ता एक भएर लाग्नुपर्ने बताएका छन् ।
भष्ट्राचारको कुनै पार्टी हुँदैन, कुनै पार्टीको सदस्य हुँदैन उनले भने–‘ हाम्रो पार्टीका ८ लाख ५० हजार क्रियासिल सदस्य कुनैले आर्थिक अपचलन र सरकारी सम्पत्तिको दुरुपयोग गरेमा कारबाही गर्नुपर्छ ।
हाम्रो पार्टीको निति नै अब भष्ट्रलाई सामाजिक बहिस्कार गर्ने र कारबाही गरि योजनाको कानुनी दायरामा ल्याउने हुनेछ । कार्यक्रममा बोल्दै महामन्त्री थापाले भष्ट्राचारका सबै फाइल खोलेर दोषिलाई कारबाही गर्नुपर्ने उनले बताए । कार्यक्रममा बोल्दै नेता थापाले देश विकासका लागि १० वर्ष मात्रै अर्थतन्त्र विकासको आधार वर्ष हुनुपर्ने बताएका छन् ।

देशको अर्थतन्त्र र विकासको काम गर्ने अवसर १० वर्ष काम गर्ने अवसर छ, यसलाई उपयोग गर्न सकेनौ भने देश अफ्रिकाका देशहरु जस्तो बन्ने उनले बताए । उनले भने–‘हाम्रो देशमा अहिले देश विकास र अर्थतन्त्र विकास गर्ने अवसरको श्रमसक्ति उपलब्ध रहेकाले सरकारले तिब्र गतिमा काम गर्नुपर्ने हुन्छ ।’
देशको परराष्ट्र नितिमा एकरुपता हुनुपर्ने नेता थापाले बताए । पार्टीपिच्छेका परराष्ट्र निति भएकाले देशको विकासको बाधक र छिमेकी राष्ट्रहरुमा पनि विश्वास वातावरण निर्माण नभएकाले अब देशको विदेश नितिमा सबै राजनीतिक दलहरु एक हुनुपर्ने उनले बताए ।

जुनै पार्टीको नेतृत्वमा सरकार बनेपनी बिदेश निति एउटै भएमा छेमेकी राष्ट्र र मित्र राष्ट्रसँग पनि विश्वासको वातावरण गर्ने नेता थापाले बताए । उनले देशको सुरक्षा नितिमा पनि राजनितिक दलहरुबिच एकरुपता पनि हुनुपर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार