इलाम । नेकपा माओवादी केन्द्रका केन्द्रीय समितिका नेताहरु पार्टीले सञ्चालन गर्ने तीन महिने अभियानको लागि इलामको पालिका तहको जिम्मेवारी तोकिएको छ । विराटनगरमा बसेको प्रदेश समितिको बैठकले केन्द्रदेखि प्रदेशसम्मका नेताहरुलाई वडा तहको जिम्मेवारी दिने निर्णय गरेको हो ।
इलामको १० वटा पालिका तहका जिम्मेवारी अनुसार इलाम नगरपालिका र सन्दकपुर गाउँपालिकामा रन्जीत तामाङ रहेका छन् । सूर्योदय नगरपालिका र माईजोगमाई गाउँपालिकामा केपी बराल, देउमाई नगरपालिकामा लाल बहादुर मगर, माई नगरपालिकामा हरि राना र रोङ गाउँपालिकामा लक्ष्मी न्यौपानेलाई जिम्मेवारी तोकिएको छ ।
त्यसैगरी चुलाचुली, फाकफोकथुम र माङसेबुङ गाउँपालिकाको जिम्मेवारी जिल्ला इन्चार्ज कुल प्रसाद साम्वालाई दिइएको छ । त्यसैगरी चुलाचुलीको २ वटा वडामा सुशिला कन्दङवालाई जिम्मेवारी दिइएको छ ।
इलाम जिल्लामा आगामी १६ गतेबाट अभियान अन्र्तगत कार्यकर्ताहरु खटिने भएका छन् । भदाै ८ गते जिल्ला समन्वय समितिको बैठकपछि कार्यकर्ताहरु घरदैलोमा पुग्ने प्रदेश सदस्य प्रभाश शर्माले जानकारी दिए ।