Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

पुजन र निमाको स्वरमा ‘माटोको माया’

पुजन र निमाको स्वरमा ‘माटोको माया’

  • सन्देश सम्वाददाता
  • मंगलबार, साउन ३० २०८०


पुजन र निमाको स्वरमा ‘माटोको माया’

काठमाण्डाै ।  पुजन मिश्र र निमा शेर्पाको स्वरमा सजिएको माटोको माया बोलको गित सार्वजनिक गरिएको छ । गीतकार ज्ञान प्रसाद भट्टराईको शव्द रहेको गीतको संगीत समायोजन र एरेन्जको कमल अधिकारीले गरेका हुन् ।

भिडियोको छायांकन र निर्देशन बिजयराज भुर्तेलले गरेका छन् । गीतको छायांकन नेपालय पब्लिक स्कुलमा गरिएको छ । शंकरा डिजिटल स्टुडियो बागबजारमा गीत रेकर्डिङ गरिएको हो । गीतमा राष्ट्रभक्त नेपालीले देशप्रति दर्शाएको माया र सद्भाव देख्न सकिन्छ।

बिगत लामो समयदेखि नेपाली साहित्यमा कलम चलाउदै आएका भट्टराईले गीत र कबिताहरु नेपाली साहित्यलाई दिएका छन् । देशका प्रति अगाध माया र प्रेम दर्शाइएको उक्त गीतले सम्पूर्ण संगीत प्रेमी श्रोताको मन जित्न सक्ने कुरामा गितकार आफु विश्वस्त रहेको बताए ।

https://www.youtube.com/watch?v=AgDxipeY5Hg

प्रतिक्रिया
सम्बन्धित समाचार