विराटनगर । नेकपा माओवादी केन्द्रका कोशी प्रदेश इञ्चार्ज चक्रपाणी खनाल आफ्नो जिम्मेवारी सम्हालेका छन् । नेकपा माओवादी केन्द्र प्रदेश समितिको कार्यालयमा पुगेर प्रदेश इञ्चार्ज चक्रपाणि खनालले सोमबार जिम्मेवारी सम्हालेका हुन् ।

नयाँ जिम्मेवारी सम्हाल्दै आफ्नो कार्य क्षेत्रमा आएका हाम्रो पार्टीको कोशी प्रदेश इन्चार्ज चक्रपाणी खनाललाई केन्द्रिय सदस्य सावित्रीकुमार काफ्ले प्रदेश पार्टीको तर्फबाट प्रदेश अध्यक्ष हर्क बहादूर नेम्बाङ मिक्सो, प्रदेश उपाध्यक्ष बिजय साम्पाङ राई, देवान किराँती, सह–सचिव रचना कुमारी राई कोषाध्यक्ष गगन पुरी र पार्टी कार्यालय इञ्चार्ज टंक गिरिले स्वागत गरेका थिए ।

पार्टीको तीन महिने अभियानका लागि मंगलबार केन्द्रिय सदस्यहरुसँग परामर्स गर्ने र प्रदेश समितिको पूर्ण बैठक राखिएको छ ।