नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल गृहजिल्ला इलाम आइपुगेका छन् । स्थानीय तहको दोस्रो चरणको निर्वाचन नजिकिँदै गर्दा खनाल बिहिबार इलाम आइपुगेका हुन् । पूर्व प्रधानमन्त्रि समेत रहेका खनाललाई इलामको रोङ गाउँपालिका स्थित कुटिडाँडामा सूर्योदय नगरपालिकमा मेयरका उमेद्धवारको दाबेदार गर्दै आएका आर बी राईको नेतृत्वमा रहेको कार्यकर्ताको टोलीले स्वागत गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार नेता खनाल इलाम सदरमुकाम स्थित एमाले कार्यकर्ता उदय राईको घरमा बास बसेका छन् । शुक्रबार नै काठमाडौँ फर्कने खनाल पारिवारिक कामका सिलसिलामा इलाम आएको एमालेका नेता उदय राईले बताए ।