Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

बचतकर्ताले बचत फिर्ता नपाएको गुनासो

बचतकर्ताले बचत फिर्ता नपाएको गुनासो

  • लिला लिम्बु
  • शनिबार, साउन २७ २०८०


बचतकर्ताले बचत फिर्ता नपाएको गुनासो

फाकफोकथुम । जीवन बिकास लघुबित्त संस्थामा आवद्ध सदस्य भीम माया लिम्बु चेम्जोङले फाकफोकथुम -४ फुएतप्पा सुनौलो जिवन बिकास केन्द्रले बचत फिर्ता नदिएको गुनासो गरेकी छन् । जिवन विकास केन्द्र नं ३२ का सदस्य भीम माया लिम्बु चेम्जोङले जिवन बिकास लघुबित्त संस्थामा आवद्ध भएर मासिक बचत फिर्ता समयमा नपाएको गुनासो गरेकी हुन् ।

बचत बिगत २० ६८ साल देखि गर्दै आइरहेको र समुहबाट ऋण चुक्ता गरेर जेठ २७ गते प्रकृया सवै पूरा गरेर निस्कन खोज्दा जीवन बिकास लघुबित्त संस्थाले आलटाल गरिरहेको साथै आफुले बचत गरेको दिन नमानेको गुनासो गरिन्।


आर्थिक वर्ष समाप्त भएपछि आफुले बचत गरेको जम्मा रकम पाउनु हुन्छ भन्दै आशमात्र लघुबित्त संस्थाले देखाएको र पटक पटक लघुबित्त संस्थामा अफिस धाइरहन्दा तथा फोन सम्पर्क गर्दा तपाईको काम चाडैं हुन्छ भन्दै फोन स्वीच अफ गरेको पिडित  लिम्बुले बताइन् ।

जीवन बिकाश लघुबित्त संस्थाका शाखां कार्यालय मिक्लाजुङ्ग रविका शाखां कार्यालय प्रमुख महेश्वर मण्डलसित फोन सम्पर्क गर्दा भीम माया लिम्बुको काम भईरहेको बताए ।

बचत कर्ताको प्रकृया केन्द्रीय कार्यालय पठाइसकेको र केन्द्रबाट जानकारी आउनसाथ पेन्सन बचत, मासिक बचत तथा इन्स्योरेन्स रकम भदौसम्ममा पाउने बताए । केन्द्रीय कार्यालयले जहिले जानकारी तथा मेल पठाइदिन्दिछ अनि मात्र बचतकर्ताले पाउने बचत तथा सुविधा पाउने उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार