Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

सडक डिभिजन इलाम ४ वर्षमा पनि २ सय मिटर सडक मर्मत गर्न असक्षम (तस्बिरहरु)

सडक डिभिजन इलाम ४ वर्षमा पनि २ सय मिटर सडक मर्मत गर्न असक्षम (तस्बिरहरु)

  • सुजन तिमल्सिना
  • शनिबार, साउन २७ २०८०


सडक डिभिजन इलाम ४ वर्षमा पनि २ सय मिटर सडक मर्मत गर्न  असक्षम (तस्बिरहरु)

कोल्बुङ । सडक डिभिजन कार्यालय आफ्नो क्षेत्राधिकार भित्रको सडक मर्मतको काममा असक्षम हुँदै गएको छ । सडक मर्मतका लागि ४ वर्ष अघि लागेका ठेक्काको काम गराउन असक्षम हुँदा सडक खण्डहर बनेको छ ।


त्यस मध्येको एक हो इलामको रोङ गाउँपालिका अर्यालचौक सडक खण्डको ७ नम्बर गोलाइ । ७ नम्बर गोलाई क्षेत्रको सडक खन्दै पुर्दै गरेको धेरै वर्ष भएको हो । सडक मर्मतका लागि पटक पटक खन्दै पुर्दै गर्दा सो सडक खण्ड मर्मत पुरा नहुँदा सवारीसाधन दुर्घटना समेत हुने गरेको छ ।

ती वर्ष अघि सो सडकको एक लेन खनेर त्यतिकै छोडिएको थियो । पछि त्यो लेन काम पुरा नगरि पुरियो । त्यसपछि पुन  खन्दै पुर्दै गर्दा अहिले सडक मर्मत गर्न पुन २२ दिन अघि खनिएको थियो । अहिले सो सडक खण्डको काम अलपत्र अवस्थामा छ । सडक खनिएर एभ्रिथिङ्ग सोलुसुनले तीन वर्ष अघि सडक मर्मतको ठेक्का लिएको थियो ।


तीन वर्ष अघि ठेक्का लगाइएको कामको अहिलेसम्म काम लगाउन नसक्नु कार्यालयको कमजोरी रहेको सडक डिभिजन प्रमुख बिदुर पोखरेलले स्वीकार गरे । उनले भने–‘ ठेकदार एक महिना अघिसम्म सम्पर्क विहिन थियो, अहिले हामीले ठेक्का तोड्ने सुचना लिकालेपछि काम शुरु गरेको भएपनि तिन महिनासम्ममा पुर्ण नभए ठेक्का तोड्ने योजनामा छौँ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार