Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

पहाडको खेतमा प्रविधिको प्रयोग (तस्बिरहरु)

पहाडको खेतमा प्रविधिको प्रयोग (तस्बिरहरु)

  • सुजन तिमल्सिना
  • शुक्रबार, साउन २६ २०८०


पहाडको खेतमा प्रविधिको प्रयोग (तस्बिरहरु)

सन्दकपुर । पूर्वी पहाडी जिल्ला इलाममा प्रविधिको प्रयोग गरि खेती गर्ने क्रम बढेको छ । सरकारले नै कृषिको यान्त्रीकरण र आधुनिकीकरण गर्ने योजना कार्यान्वयन गरेपछि किसान पनि यसतर्फ आकर्षित भएका हुन् ।


सन्दकपुर ३ टारिका रणबहादूर साउदेनले सोचेका पनि थिएनन्, पहाडमा ट्रयाक्टरबाट खेत जोतिन्छ र खेती गरिन्छ । उमेरले ५० वर्ष पूरा गरेका उनी कृषिमा आएको परिवर्तन देखेर दंग छन् । उनी ३ वर्ष अघिसम्म गोरुले जोतेर खेती गर्दथे । त्यसयता ट्याक्टरले जोतेर खेती गर्न सुरु गरेका छन् ।


अझ यस वर्षबाट त मेसिनबाटै धान रोप्ने र काट्ने मेसीनको खोजिमा साउदेन छन् । कृषिमा आएको परिवर्तनले साउदेनलाई मात्रै हैन स्थानीय महेन्द्र साउदेनलाई पनि आश्चर्यचकित बनाएको छ । सन्दकुरका किसान मात्रै नभएर अहिले इलामका १० वटै स्थानीय तहमा किसानले आधुनिक प्रविधिबाट खनजोत गरि खेती गर्दै आएका छन् ।
सरकारले नै कृषिको यान्त्रीकरण र आधुनिकीकरण गर्ने निति लिएपछि किसान त्यसतर्फ आकर्षित भएका हुन् । कृषि मजदुरको साटो आधुनिक कृषि यन्त्रहरूको प्रयोग बढ्दै गएसँगै किसानलाई कृषि उत्पादन गर्न सहज भएको कृषि ज्ञान केन्द्रका प्रमुख टोली बर्देवाले बताए ।


कृषियन्त्रको प्रयोग गर्दा समयको बचत हुनुका साथै कम खर्चमै बाली भित्र्याउन मिल्ने भएकाले ग्रामीण क्षेत्रका किसानसमेत कृषियन्त्रको प्रयोग गर्न थालेका छन् । गाई गोरुमा लागेको लम्कि स्किन रोगका कारण खेतीपातिमा ठुलै समस्या आउने भएपनि पहाडमा प्रयोग गर्न मिल्ने पावर टिलरले गर्दा खेती उलेख्य भएको छ । पनि कृषिमा प्रविधिको प्रयोगले समय र खर्च भने घटाएको गरेको छ । पछिल्लो समय १० वटै तहका किसानले कृषिमा आधुनिक प्रविधिको प्रयोग बढाउँदै लगेका छन् । यसले जनशक्ति र समय कम लाग्ने किसानकै अनुभव छ ।


वैदेशिक रोजगारीका कारण मजदुर अभाव हुने गरेको छ । मजदुर अभावकै कारण किसानले विगतमा खेतीको क्षेत्रफल घटाएका थिए । कृषिमा मेसिनको प्रयोग बढ्दै गएपछि भने खेतीप्रतिको आकर्षण बढ्दै गएको पाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार